४० हजार घुससहित धादिङका सहायक वन अधिकृत पौडेल पक्राउ | Khabarhub Khabarhub

४० हजार घुससहित धादिङका सहायक वन अधिकृत पौडेल पक्राउ


६ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले धादिङका सहायक वन अधिकृत कृष्ण प्रसाद पौडेललाई ४० हजार घुस रकमसहित पक्राउ गरेको छ ।

आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले आइतबार उनको कार्यकक्षबाटै उक्त रकमसहित सहायक वन अधिकृत पौडेललाई रंगेहात पक्राउ गरेको हो ।

आयोग प्रवक्ता सहसचिव नारायण प्रसाद रिसालका अनुसार केही दिन अघि फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठ अनुसन्धान गर्न कागजात माग गरिएको र सोही मुद्दा मिलाउन भन्दै ४० हजार घुस लिएको खुल्न आएको छ ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ९ : ०१ बजे

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना