विपक्षी गठबन्धनलाई थप सुदृढ र प्रभावकारी बनाउने विषयमा छलफल « Khabarhub

विपक्षी गठबन्धनलाई थप सुदृढ र प्रभावकारी बनाउने विषयमा छलफल


६ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आगामी रणनीतिबारे छलफल गर्न बसेको विपक्षी गठबन्धनका शीर्ष नेताहरुको बैठक सकिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकमा कसरी सुदृढ बनाउने भन्ने बारेमा छलफल भएको बैठकमा सहभागी माओवादी नेता देव गुरुङले जानकारी दिए ।

उनले भने,‘गठबन्धनको बैठक निरन्तर बस्ने प्रक्रियाअनुसार आजको बैठक बसेको हो । बैठकमा गठबन्धनलाई कसरी सुदृढ र प्रभावकारी बनाउने भन्ने बारेमा छलफल भयो ।’

बैठकमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा र महामन्त्री पूर्णबहादुर खडका सहभागी थिए । माओवादी केन्द्रकातर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, नेताहरु नारायणकाजी श्रेष्ठ र देब गुरुङ सहभागी थिए ।

बैठकमा एमालेबाट निस्कासित नेताहरु माधव कुमार नेपाल र  भिम रावल सहभागी थिए ।

बैठकमा जसपाका तर्फबाट अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई लगायत सहभागी थिए ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ८ : ०८ बजे

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ