जोमसोमबाट बेनीतर्फ आउँदै गरेको ट्रक पहिरोले पुरियो « Khabarhub

जोमसोमबाट बेनीतर्फ आउँदै गरेको ट्रक पहिरोले पुरियो


६ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– बेनी–जोमसोम सडकअन्तर्गत मुस्ताङ र म्याग्दीको सिमानामा पर्ने काभ्रेभिरमा आइतबार दिउँसो एउटा ट्रक पहिरोले पुरिएको छ ।

मुस्ताङको जोमसोममा सामान पुर्‍याएर म्याग्दीतर्फ फर्किँदै गरेको ग १ क ३४९२ नम्बरको ट्रक गुडिरहेको अवस्थामा खसेको पहिरोले पुरिएर पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

प्रहरी निरीक्षक आशिष अधिकारीका अनुसार हिलोमा फसेको ट्रक निकाल्ने प्रयास गर्दागर्दै माथिबाट खसेको पहिरोले पुरिएको थियो । चालक र सहचालक सकुशल छन् । ट्रक बेनीको न्यु मुक्तिनाथ हार्डवयर एण्ड सप्लायर्सको हो । सडक माथिबाट खसेको पहिरोले ट्रकको पूरै भाग पुरिएर क्षत्विक्षत् भएको छ । प्रहरीका अनुसार ट्रक अझै पहिरोले पुरिएकै अवस्थामा रहेको छ ।

केहीदिन अघि अन्नपूर्ण गाउँपालिका—३ म्याग्दीको रुप्से झरनामा दुई दिनसम्म एउटा स्कार्पियो जीप फसेको थियो । पहिरोमा फसेको जीप तेस्रो दिनमा कालीगण्डकीमा खसेर बगाएको थियो । रुप्सेको सडक आइतबार खुलाइएको छ ।

भुरुङ–तातोपानीको नागढुङ्गामा कालीगण्डकीले सडक र तटबन्ध बगाएपछि अवरुद्ध छ । यसैगरी रघुगङ्गा गाउँपालिकाको चमेरेमा शनिबार राति खसेको पहिरो पन्छाएर सडक खुलाउने प्रयास जारी छ ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ८ : ४५ बजे

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र