कर्णालीका सांसद पुनर्बहाली गर्ने सर्वोच्चको आदेशविरुद्ध एमालेको भ्याकेट निवेदन दर्ता « Khabarhub

कर्णालीका सांसद पुनर्बहाली गर्ने सर्वोच्चको आदेशविरुद्ध एमालेको भ्याकेट निवेदन दर्ता


६ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले फ्लोर क्रस गरेको भन्दै कारबाही गरेका कर्णाली प्रदेशका ४ जना सांसदलाई पुनर्बहाली गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध पुनरावलोकन निवेदन(भ्याकेट) दर्ता भएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासबाट भएको अन्तरिम आदेश बदर गर्न माग गर्दै सर्वोच्चमा निवेदन दिएका हुन्।

पार्टीको निर्देशनविपरित कर्णाली प्रदेश सरकारलाई एमालेका सांसदहरू प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले माओवादी नेतृत्वको सरकारको पक्षमा मतदान गरेका थिए ।

फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत दिएपछि एमालेले उनीहरूलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । उक्त कारबाहीविरुद्ध ती सांसदहरुले दायर गरेको रिटमा सर्वोच्च अदालतले एमालेको महाधिवेशन आयोजक कमिटीले कारबाही गर्न नसक्ने निर्णय सुनाएको थियो ।

सर्वोच्चले महाधिवेशनपछिको केन्द्रीय समितिले अनुशासनको कारबाही गर्नसक्ने भए पनि महाधिवेशन आयोजक कमिटीले गरेको कारबाहीको निर्णय वैध नहुने ठहर गरेको थियो ।

सर्वोच्चको आदेशपछि ती चार जना प्रदेश सांसदहरू अहिले पदमा वहाल रहेका छन् ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ११ : ०० बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार