आज २०७८ साउन ५ गते मंगलबारको राशिफल | Khabarhub Khabarhub

आज २०७८ साउन ५ गते मंगलबारको राशिफल


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७८ साउन ५ गते मंगलबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ-

 

मेष

प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने सम्भावना छ । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ ।

बृष

आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । प्रेमीको सहयोग प्राप्त हुनेछ । छोटो यात्रा पनि होला ।

मिथुन

महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ । साथीभाईको विशेष सहयोग रहनेछ । शुभ समाचार सुन्न पाउनु हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । प्रेममा सफलता प्राप्त हुनेछ ।

कर्कट

पारिवारिक पुनर्मिलनको योग छ । दाजुभाईबीचको बादविवाद मिल्नेछ । आर्थिक क्षेत्र कमजोर बन्न सक्छ । चोटपटकको भय भएकाले यात्रामा साबधानी अपनाउनु होला । अध्ययन अध्ययापन सफल हुनेछ ।

सिंह

नयाँ अवसर आउन सक्नेछन् । रमणीय यात्राको योग छ । धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछ । प्रणय सम्बन्ध श्रेष्ठकर हुने योग छ ।

कन्या

शुभ समाचार सुन्न पाइएला । कला र गलाको प्रभाव बढ्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । सन्तान सुखको योग छ। अधुरा कार्यहरू पूरा हुँदै जानेछन् ।

तुला

बोलीको प्रभाव बढे पनि अनर्थ लाग्न सक्छ, सचेत रहनुहोला । आँटेको र ताकेको कार्य पुरा होला । आफ्ना योजना गोप्य राखेर अघि बढ्नु उत्तम हुनेछ । आर्थिक  क्षेत्र सफल हुनेछ ।

बृश्चिक

उपहार प्राप्त होला ।बादबिवादमा तपाईँकै जित होला । शुभकार्यको चर्चा चल्नेछ । मिष्ठान्न भोजन प्राप्त होला । प्रेममा सफलता प्राप्त हुनेछ ।

धनु

अधुरो काम पूरा हनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । मौनता अपनाउनु राम्रो । पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ ।

मकर

आर्थिक पक्ष राम्रो बन्नेछ । पराक्रम बढ्नेछ । अरूलाई प्रभावित गरेर काम लिन सकिनेछ ।  आफन्तहरूसँग भेटघाटको अवसर मिल्नेछ । अधुरा कार्यहरू पुरा होलान् ।

कुम्भ

मनमा हर्ष,उमङ्ग र उत्साह रहला । पदोन्नतीको योग छ । राजनीतिक क्षेत्रमा सफलता प्राप्त हुनेछ । वित्तीय संस्थाबाट सहयोग मिल्ला । वैदेशिक कार्य अघि बढ्नेछ । आज रमणीय र सुखद् यात्राको योग छ ।

मीन

आज मन खिन्न हुने स्थिति आउनेछ । कार्य सम्पादनमा सहजता नमिल्ला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । व्यवसायिक स्थितिमा गिरावट आउनसक्छ ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ५ : ३५ बजे

कृष्णजस्ता मान्छेबारे शास्त्र र विज्ञानको ‘प्याचअप’

काठमाडौँ – हालको भारतीय सरहदमा पर्ने उत्तरप्रदेशको मथुरामा पाँच हजार

भारतीय विदेश सचिव मिस्री भोलि नेपाल आउँदै

काठमाडौं– भारतका विदेश सचिव विक्रम मिस्री भोलि (आइतबा) नेपाल भ्रमणमा

एयर क्यानडाका उडान सहायकहरूको हडतालले सेवा ठप्प, यात्रुहरू प्रभावित

एजेन्सी– एयर क्यानडाका करिब १० हजार उडान सहायक कर्मचारीहरूले पारिश्रमिक

बीपी प्रतिष्ठानका उपकुलपति भन्छन्, ‘खर्च नगरी नियुक्ति पाएँ, पुरानो साख फर्काउन पदाधिकारीको साथ पाउँछु’

सुनसरी– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति प्रा.डा. विक्रमप्रसाद

रविको अड्डासार आकाशबाट, ३:१० को फ्लाइटमा ल्याइँदैछ काठमाडौँ

काठमाडौँ – सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि भैरहवा कारागार (रूपन्देही)