एमाले केन्द्रीय कमिटी बैठक आज पनि, प्रष्टीकरण सोधिएकालाई थप कारबाहीको तयारी « Khabarhub

एमाले केन्द्रीय कमिटी बैठक आज पनि, प्रष्टीकरण सोधिएकालाई थप कारबाहीको तयारी


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ ।

च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा अपराह्न ३ बजे बस्ने बैठकले सोमबार प्रष्टीकरण सोधिएका २२ सांसदलाई थप कारबाही गर्ने तयारी भएको छ ।

सोमबारको बैठकले माधव नेपालसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोधे पनि उनीहरुले यसको जवाफ दिएका छैनन् ।

सांसद विरोध खतिवडाका अनुसार स्पष्टीकरणको जानकारी मिडियामा मात्रै आएको तर सम्बन्धित व्यक्तिलाई अहिलेसम्म केही पत्र नआएको दाबी गरेका छन् ।

सोमबारदेखि जारी एमाले बैठकमा पार्टी विवाद समाधानका उपाय, संगठन निर्माण र विधान अधिवेशनका विषयमा छलफल जारी रहेको रहेको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

यसअघि सोमबारको बैठकले पार्टी एकताका लागि कार्यदलले बुझाएको १० बुँदे प्रस्ताव पनि अनुमोदन गरेको थियो ।

०७७ फागुन २३ मा सर्वोच्च अदालतले एमाले ब्यूँताएपछि ०७५ जेठ २ का साविकका कमिटी व्यूँताएर पार्टी अघि बढाउनु पर्ने मागसहित एमालेको नेपाल-खनाल पक्ष संघर्षरत छ ।

 

तर, आफ्नै पार्टीको सरकार ढालेर देउवालाई प्रधानमन्त्री बनाएको भन्दै नेपाल-खनाल पक्षसँग संस्थापन पक्ष सकारात्मक छैन । पार्टी अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपालबिनाको एमाले एकताको वकालत गर्न थालेका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ७ : ४० बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने