तमानले बनायो आफ्नै स्थानीय पाठ्यक्रम « Khabarhub

तमानले बनायो आफ्नै स्थानीय पाठ्यक्रम


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलकोट- बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाले जिल्लामै पहिलोपटक स्थानीय पाठ्यक्रम तयार गरेको छ ।

तमानखोलाले एक वर्ष लगाएर तयार पारेको स्थानीय पाठ्यक्रममा आधारित पुस्तक गाउँपालिकाका सबै विद्यालयमा पठाइसकेको छ ।

‘मेरो तमानखोला’ पाठ्यपुस्तक यही वर्षदेखि विद्यालयमा अध्यापन गराउने तयारीसहित विद्यालयमा पठाइएको गाउँपालिकाले जनाएको छ ।

विद्यार्थीलाई आफ्नो भूगोल, संस्कृति, धर्म र रीतिरिवाजका विषयमा थाहै नभई उच्च शिक्षा अध्ययनमा पुग्ने र स्थानीय संस्कार संस्कृतिका बारेमा बेखबर हुने परिपाटीको अन्त्यका लागि कक्षा १ देखि ५ सम्म लागु हुने गरी एक विषय स्थानीय पाठ्यक्रम समावेश गरिएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले जानकारी दिए ।

“विद्यार्थीले राष्ट्रिय, अन्तर्राष्ट्रिय कुरा सिकेका हुन्छन् तर आफ्नै गाउँ, आफ्नै ठाउँको विषयमा जानकारी पाएका हुँदैनन्”, बुढा मगरले भने “कम्तीमा आफ्नो पालिकाको भूगोल, सामाजिक अवस्था, पर्यटकीय स्थलको सामान्य ज्ञान पनि होस भन्ने हो ।” गाउँपालिकाले झण्डै रु सात लाख खर्चेर आफ्नै पाठ्यक्रम तयार गरेको हो ।

पालिकाभित्रका २१ सामुदायिक र दुई निजी गरी २३ वटा विद्यालयमा स्थानीय पाठ्यपुस्तक पठाइएको शिक्षा अधिकृत पुरन घर्तीले जानकारी दिए  कक्षा १ देखि ५ सम्मका लागि तयार पाठ्यपुस्तकमा कला, संस्कृति, भूगोल, खनिज पदार्थ, कृषि, वन पैदावर, जडीबुटी, प्राकृतिक स्रोत तथा पशुपालनलगायतका विषय समेटिएको छ ।

गाउँपालिका अध्यक्ष संयोजक र शिक्षा अधिकारी सदस्यसचिव रहेको सात सदस्यीय पाठ्यक्रम निर्धारण समितिले पाठ्यक्रम तयार गरेको गाउँपालिकाले जनाएको छ । जिल्लाकै दुर्गम पालिकामा पर्ने तमानखोला पालिका स्थापना भएदेखि निरन्तर सामाजिक, आर्थिक तथा भौतिक विकासमा अगाडि देखिएको छ ।

विसं २०८० सम्ममा माध्यमिक तहका लागि समेत स्थानीय पाठ्यपुस्तक तयार गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष बुढाले बताए । स्थानीय तहले आफ्नो क्षेत्रमा रहेका सम्भावना, स्रोत तथा भूगोलका बारेमा पाठ्यपुस्तक तयार गर्ने संवैधानिक व्यवस्थाअनुसार पाठेय पुस्तक तयार पारिएको हो ।

मेरो तमानखोला पाठ्यपुस्तक हप्ताका चार दिन पठनपाठन हुनेगरी १०० पूर्णाङ्कको निर्माण गरिएको हो । एक सय पूर्णाङ्कलाई दुई खण्डमा एउटा अनिवार्य र अर्को ऐच्छिक खण्ड गरेर विभाजन गरिएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ९ : ५५ बजे

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट

रास्वपाको महाधिवेशन : नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम

रास्वपा महाधिवेशन : राति १० बजेदेखि मतदान

काठमाडौं – चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनअन्तर्गत केन्द्रीय