कतारमा १६ लाखभन्दा बढीले लगाए कोरोनाबिरुद्धको दुबै डोज खोप « Khabarhub

कतारमा १६ लाखभन्दा बढीले लगाए कोरोनाबिरुद्धको दुबै डोज खोप


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्यमध्यको एक कतारमा १६ लाख ७ हजार ५१ जनाले कोरोनाविरुद्धको दुबै खोप लगाएका छन् ।

कतारको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म १९ लाख १५ हजार ९५० जनाले खोपको पहिलो डोज पनि लगाइसकेको जनाएको छ ।

बढी उमेर समूहलाई प्रथामिकतामा राखेर सुरुवात गरिएको खोप अभियानमा ६० वर्षभन्दा माथिका ९३.५ प्रतिशतले व्यक्तिले पूरा खोपको मात्र लगाइसकेको मन्त्रालयले जनाएको छ ।

खोप शुरू भएयता ३५ लाख ५९ हजार ३१२ डोज खोप वितरण गरिसकिएको मन्त्रालयले जनाएको छ । कतार पछिल्लो समय कोरोना संक्रमण पनि घट्दै गइरहेको छ ।

कतारमा पछिल्लो २४ घण्टामा १२४ जनामा मात्र नयाँ संक्रमण भेटिएको छ । योसंगै कतारमा कोरोना सङ्क्रमितको संख्या २ लाख २४ हजार ४०२ पुगेको मन्त्रालयले जनाएको छ ।

यसअवधिमा १५२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै कोरोनाबाट निको हुनेको सङ्ख्या २ लाख २२ हजार २५७ पुगेको छ भने संक्रमणबाट अहिलेसम्म ५९९ जनाको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म कतारमा १ हजार ५ सय ४६ वटा ‘एक्टिभ’ केस रहेका छन् भने ७२ जना यहाँको विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । तीमध्ये ३३ जनाको आईसीयूमा उपचार भैरहेको छ ।

कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् । अहिलेसम्म कोरोनाबाट कतारमा २४ नेपाली श्रमिकले ज्यान गुमाइसकेको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

खोप नलिएका सबै योग्य व्यक्तिहरूलाई पनि खोप लिन समेत मन्त्रालयले आग्रह गरेको छ । कतारले आफ्ना नागरिकसहित अन्य आप्रवासी श्रमिकहरुलाई निःशुल्क रुपमा खोप दिइरहेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  १० : ५५ बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा