वाणिज्य विभागद्वारा मापदण्ड विपरित सञ्चालित फर्महरुबाट ३ करोड ३३ लाख जरिवाना | Khabarhub Khabarhub

वाणिज्य विभागद्वारा मापदण्ड विपरित सञ्चालित फर्महरुबाट ३ करोड ३३ लाख जरिवाना


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक वर्षको अवधिमा मापदणड विपरित सञ्चालित विभिन्न फर्महरुमाथि कारबाही गरी ३ करोड ३३ लाख ७० हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ ।

आर्थिक वर्ष २०७७/०७८ को एक वर्षको अवधिमा आफू मातहतका ५ कार्यालयहरुबाट गरिएको अनुगमनका क्रममा मापदण्ड विपरित सञ्चालित फर्महरुमाथि सो रकम बराबरको जरिवाना गरिएको विभागले जनाएको हो ।

विभागका अनुसार विराटनगर, विरगन्ज, भैरहवा, नेपालगञ्ज र धनगढीमा रहेका कार्यालयलेहरुले सो अवधिमा ४ हजार ७७९ वटा व्यापारिक फर्ममा अनुगमन गरेका थिए । जसमा ५१ वटा फर्मको कारोबार समेत रोक्का गरिएको विभागले जनाएको छ ।

सो अवधिमा १ हजार ३४७ वटा फर्ममाथि कारबाही भएको र ती फर्महरुबाट ३ करोड ३३ लाख ७० हजार रुपैयाँ जरिवाना गरिएको विभागका निर्देशक तथा प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए ।

‘अनुगमनका क्रममा यसरी मापदण्ड विपरित सञ्चालन गरिएका उद्योग तथा व्यापारिक फर्महरुलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुरुप कारबाही गरिएको हो,’ प्रवक्ता सेढाईंले भने, ‘कोरोना महामारीको विषम परिस्थितिमा पनि वभागले आफ्नो कामलाई निरन्तरता दिइरहेको छ।’

उक्त एक वर्षको अवधिमा अनुगमनका क्रममा म्याद समाप्त भएका ३ करोड ९८ लाख ५३ हजार २५९ रुपैयाँ मूल्य बराबरको खाद्य वस्तु जफत गरी नष्ट गरिएको उनले जानकारी दिए ।

सोही अवधिमा ४ हजार ४१ वटा व्यापारिक फर्महरुलाई सामान्य कारबाही गरिनुका साथै सचेत गराइएको विभागले जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  १० : २८ बजे

सामुदायिक रेडियोलाई सरकारले सिध्याउन खोज्यो : अकोराव

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का

जी ७ को सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री मोदी क्यानाडामा

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र जी ७ को सम्मेलनमा सहभागी हुन

पत्रकार पाठकलाई प्रहरी भन्यो- साइबर ब्यूरो वा नजिकको प्रहरी कार्यालयमा यथाशिघ्र उपस्थित हुनू

काठमाडौं- पत्रकार दिलभूषण पाठकलाई नेपाल प्रहरीले उपस्थित हुन आग्रह गरेको

मामाचेली वा फुपूचेलीसँग बिहेबारीका असर

मानव समाजको सुरुवाती चरणमा विवाहको औपचारिकता थिएन, तर जोडी बन्ने

स्कटल्याण्डको विकेट वर्षा गराउँदै नेपाल, लियो पाँचौँ विकेट

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको खेलका नेपालले