राजधानीकै विद्यार्थीमा पढाइको चिन्ता | Khabarhub Khabarhub

राजधानीकै विद्यार्थीमा पढाइको चिन्ता


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शैक्षिक हब मानिएको काठमाडौँका धेरै विद्यालयले शिक्षण सिकाइ क्रियाकलाप अघि बढाउन सकेका छैनन् ।

केही विद्यालयले विद्यार्थीको प्रविधिमा पहुँच नहुँदा अध्ययनअध्ययापन अघि बढाउन नसकेको बताएका छन् । भर्चुअल कक्षा चलाएका विद्यालयको पनि शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी नभएको गुनासो बढ्न थालेको छ ।

अन्य जिल्लाको तुलनामा प्राविधिकरुपमा सम्पन्न मानिएको काठमाडौँमै विद्यार्थीको पढाइ अस्तव्यस्त हुँदा अन्य जिल्लामा के भएको होला अनुमान लगाउन सकिन्छ ।

कोरोना महामारीले विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन हुन नसक्नु र सबै क्षेत्रमा इन्टरनेटको पहुँच नहुँदा भर्चुअल कक्षा पनि प्रभावकारी बन्न सकेका छैनन् ।

काठमाडौँका सामुदायिक विद्यालयमा अध्ययन गर्ने अधिकांश विद्यार्थी बाहिरी जिल्लाका भएकाले पनि अनलाइन कक्षामा समेट्न नसकिएको शिक्षक बताउँछन् ।

कोरोना महामारीले अभिभावक कामबिहीन भएपछि गाउँ फर्किएको र विद्यार्थी पनि अभिभावकसँगै गाउँ गएकाले सबै विद्यार्थीको पढाइ समान रुपले अघि बढाउन नसकिएको उनीहरूको भनाइ छ ।

काठमाडौँ महानगरपालिका वडा नम्बर १६ को बालकल्याण आधारभूत विद्यालयलाई अहिले आफ्ना विद्यार्थी कहाँ र कुन अवस्थामा छन् थाहा छैन ।

विद्यालयमा अध्ययन गर्ने अधिकांश बालबालिका निम्न वर्गीय घरपरिवारका रहेको र उनीहरूको विद्यालयको सम्पर्क बाहिर रहेको प्रधानाध्यापक अर्जुनकुमार मुडवारी बताउँछन् ।

उनका अनुसार अधिकांश बालबालिका र अभिभावकसँग मोवाइल पहुँच नहुँदा विद्यालयले सम्पर्क गर्न सकेको छैन । विद्यार्थी र अभिभावकसँग अहिले सम्पर्कविच्छेदको अवस्था रहेको उनले बताए ।

त्यस्तै महानगरपालिकाकै वडा नम्बर ८ को शारदा आधारभूत विद्यालयले पनि विद्यार्थीलाई सम्पर्कमा ल्याउन सकेको छैन ।

विद्यालयमा अध्ययन गर्ने अधिकांश विद्यार्थी बाहिरबाट काम गर्न आउनेका छोराछोरी भएकाले लकडाउनका बेला घर गएका उनीहरु काठमाडौँ नआएकाले सम्पर्कमा ल्याउन नसकेको प्रधानाध्यापक महेन्द्रप्रसाद रिजालले बताए ।

रिजालका अनुसार आफ्ना विद्यार्थी अनलाइन माध्यमबाट पढ्न सक्ने अवस्थाका नै छैनन् । अधिकाशं विद्यार्थीका अभिभावक कवाडी क्षेत्रमा काम गर्ने भएकाले उनीहरूसँग मोबाइल तथा प्रविधिको पहुँच पनि नभएको उनले बताए ।

विद्यालयले सम्पर्कमा रहेका र विद्यालय नजिकै बसोबास गर्ने बालबालिकाहरूलाई पाठ्यपुस्तक वितरण गरेको छ ।

आगामी १० गतेसम्म निषेधाज्ञा जारी रहेकाले विद्यालय सञ्चालन गर्न सक्ने अवस्था छैन । यसपछि पनि कहिले विद्यालय खुल्न भन्ने टुंगो छैन । प्रशासनको निर्णय अनुसार अघि बढ्ने रिजालले बताए ।

विद्यार्थी र अभिभाव नै मोवाइलको पहुँचमा नभएकाले भौतिक कक्षाको विकल्प नरहेको प्रधानाध्यापक रिजालको भनाइ छ ।

उनले भने, ‘नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर अब चाँडै भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने योजनामा छौँ ।’

अनलाइन कक्षामा सहभागिता न्यून

अहिले देशका अधिकांश विद्यार्थीको पढाई भर्चुअल माध्यमबाट भइरहेको छ ।

नेपाल सरकारको निर्देशन अनुसार भर्चुअल माध्यमबाट शिक्षण सिकाइ क्रियाकलाप अघि बढे विद्यार्थीको सहभागिता र कक्षाको प्रभावकारीता न्यून रहेको शिक्षकहरू बताउँछन् ।

विश्वनिकेतन माध्यमिक विद्यालयकी सहप्रधानाध्यापक गंगा थापाले भर्चुअल कक्षामा ६ कक्षाभन्दा माथिका विद्यार्थीको सहभागिता राम्रो रहेपनि सानो कक्षाका विद्यार्थी न्यून रहेको बताइन ।

महामारीको यो अवस्थामा भर्चुअल वैकल्पिक माध्यम भएपनि प्रभावकारी नभएको उनको भनाइ छ । उनले भनिन्, ‘टेलिफोन, रेडियो, टेलिभिजनलगायत बैकल्पिक माध्यमभन्दा भर्चुअल माध्यम प्रभावकारी देखिएको छ । तर भर्चुअल माध्यमलाई पनि पूर्ण प्रभावकारी मान्न सकिदैँन ।’

उनका अनुसार भर्चुअल माध्यममा माथिल्लो कक्षाका विद्यार्थीको सहभागिता र प्रभावकारीता सन्तोषजनक भएपनि तल्लो कक्षाको अवस्था चिन्ताजनक छ । इन्टरनेट पहुँच भएका क्षेत्रमा पनि सानो कक्षाका विद्यार्थी ५० प्रतिशतभन्दा कम सहभागी भएको उनलेब ताइन ।

त्यस्तै नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक रबीन थपलियाले पनि भर्चुअल कक्षामा विद्यार्थीको सहभागिता निकै न्यून रहेको बताए । उनले आधाभन्दा धेरै विद्यार्थीलाई अझै भर्चुअल माध्ययममा ल्याउन नसकेको उनलेब ताए ।

परीक्षामा सतप्रतिशत विद्यार्थी सहभागी भएपनि कक्षामा भने सहभागिता न्यून रहेको शिक्षकहरूको बुझाइ छ ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  १२ : २१ बजे

धरान : तिर्खाएको काकाकुल !

सुनसरी- धरानमा खानेपानी ढुवानी गर्ने कुनै पनि ट्याङ्कर व्याबसायीलाई तपाईले

सप्तरीका अग्निपीडितलाई राहत वितरण

सप्तरी– आगलागीबाट घर नष्ट भएका सप्तरी चिम्टीका अग्निपीडितलाई राहत सामग्री

राजस्वको दुरुपयोग रोक्नुपर्नेमा सांसद साहको जोड

काठमाडौं– आम जनता पार्टी पार्टीका एवं सांसद प्रभु साहले मुलुकमा

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार (भोलि) विश्वासको मत

लिम्बु संस्कृति झल्किने चोःलुङ पार्क (फोटो फिचर)

तेह्रथुम – तेह्रथुमको लालीगुराँस नगरपालिकामा रहेको चोःलुङ पार्क पछिल्लो समय