लिम्बु संस्कृति झल्किने चोःलुङ पार्क (फोटो फिचर) | Khabarhub Khabarhub

लिम्बु संस्कृति झल्किने चोःलुङ पार्क (फोटो फिचर)



तेह्रथुम – तेह्रथुमको लालीगुराँस नगरपालिकामा रहेको चोःलुङ पार्क पछिल्लो समय पर्यटनको आकर्षणको केन्द्र बनेको छ।

वसन्तपुर बजार नजिकै करिब पाँच रोपनी क्षेत्रफलमा फैलिएको चोःलुङ पार्क परम्परागत शैलीका घर, लिम्बु परम्परा झल्काउने गाडिएको ढुङ्गा, ढुङ्गा नै छापिएर बनाएको संरचना पक्कै पनि सुन्दर छन्।

घरमा मकै झुण्ड्याइएको छ, कुनै घरमा खरले छाइएको छ भने कतै झिगंटीको छानो लगाइएको छ। घरभित्र परम्परा झल्काउने सामाग्री सजाएर राखिएको छ। यो ठाउँ पुग्दा प्राचिनताको अनुभूती हुन्छ।

पार्कमा संरचना र राखिएका सामग्री मौलिकमात्र छैन, इतिहासका विभिन्न कालखण्डको स्मरण गराउने किसिमका छन्। मुन्धुममा आधारित संरचना र सामग्री भेटिन्छ। यो ठाउँ गुराँसको राजधानी भनेर प्रख्यात रहेको टिएमजे (तीनजुरे–मिल्के–जलजले) क्षेत्रको काखमा रहेको छ।

लालीगुराँस नगरपालिकाको केन्द्र वसन्तपुरमा रहेको यो पार्क घुम्न आउनेको रोजाइमा पर्छ। यसले परम्पराको झल्को दिने तथा पुराना सामग्रीको पुनः स्मरण गराउने काम गरेको छ। लिम्बु जातिको आदिम संस्कृति र परम्परा झल्काउने संरचना बनाइएको छ। गुराँसको बगैँचामा रमाउन आइपुग्ने हजारौँ पर्यटक परम्परा झल्काउने पार्कमा समेत रमाउन थालेका छन्।

अध्ययन, अनुसन्धान गर्ने पनि बाक्लो गरी आउने गरेका छन्। तीनजुरे मिल्केमा २५ प्रजातिका गुराँस पाइने अनुसन्धानकर्ता कमल मादेन बताउँछन्।

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  १० : २३ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः