सर्तसहित कक्षा १२ को परीक्षा सञ्चालन गर्न सीसीएमसीको अनुमति « Khabarhub

सर्तसहित कक्षा १२ को परीक्षा सञ्चालन गर्न सीसीएमसीको अनुमति


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले विभिन्न सर्तसहित कक्षा १२ को वार्षीक परीक्षा सञ्चालनको अनुमति दिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले गत असार तेस्रो साता शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँग कक्षा १२ को वार्षीक परीक्षा सञ्चालनको अनुमति मागेको थियो ।

त्यसपछि मन्त्रालयले बोर्डको उक्त प्रस्तावलाई सीसीएमसी समक्ष पेश गरेको थियो । मन्त्रालयले गरेको पेशका आधारमा सीसीएमसीले विभिन्न सर्तसहित परीक्षा सञ्चालनको अनुमति दिएको हो ।

परीक्षा केन्द्रमा परीक्षार्थीलाई जेड आकारमा कम्तिमा दुई मिटरको दूरी बनाएर राख्नु पर्ने, स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णरुपमा पालना गर्नुपर्नेलगायत विभिन्न सर्तसहित परीक्षा सञ्चालनको अनुमति दिएको सीसीएमसीका प्रवक्ता नुरहरि खतिवडाले बताए ।

परीक्षा सञ्चाालनको अनुमति पाएको बोर्डले भने यही महीनाभित्र परीक्षा सञ्चालनको तयारी गरिरहेको छ ।

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले सीसीएमसीबाट परीक्षा सञ्चालनको अनुमति पाइसकेको र परीक्षा सञ्चालनको विषयमा बोर्डले चाँडै निर्णय गर्ने बताए ।

उनका अनुसार बोर्डले कक्षा १२ को परीक्षा यही महीनाभित्र सञ्चालन गर्ने गरी तयारी गरिरहेको छ ।

यसअघि गत जेठ महीना तय भएको कक्षा १२ को वार्षीक परीक्षा कोरोना महामारीको दोस्रो लहरबाट उत्पन्न परिस्थितिले स्थगित भएको थियो । अघिल्लो वर्ष ४० प्रतिशत मूल्यांकनका लागि परीक्षा लिएको बोर्डले यस वर्ष भने १०० पूर्णाङ्कको नै परीक्षा लिने तयारी गरिरहेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  १२ : २९ बजे

रविले डाकेको बैठकमा यी चार मन्त्रीबारे सांसदले उठाए प्रश्न, ‘स्टन्ट’मात्रै गर्ने भए राजीनामा दिएर जान दबाब

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको संसदीय

सरकारी जग्गा व्यक्तिको नाममा, दर्ता बदर गर्न माग

भक्तपुर– साविक दुवाकोट गाविस–८ (ख), हाल चाँगुनारायण नगरपालिका–१ स्थित करिब

भोट फिर्ताबारे गृहमन्त्रीको जवाफ : आफ्नो क्षेत्रका मतदातासँग ‘जोक’ गरेको थिएँ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले हालै गृहजिल्ला गोरखामा ‘भोट फिर्ता लैजानुस्’ भनेर

खाडी मुलुकलाई इरानको चेतावनी 

तेहरान- इरानले अमेरिकी सेनालाई सहयोग गर्ने वा आफ्नो भूभाग सैन्य गतिविधिका

तीन वर्षीया नाबालिकाको बलात्कारपछि हत्या, १६ वर्षीय किशोरले चकलेट दिएर फकाउँदै लगेका थिए

सिमरा- बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया नाबालिकाको जबरजस्ती करणीपछि