भिसाको म्याद सकिएका २४ नेपाली साउदीमा अलपत्र « Khabarhub

भिसाको म्याद सकिएका २४ नेपाली साउदीमा अलपत्र



दोहा– वैदेशिक रोजगारीका क्रममा साउदी अरब पुगेका २४ नेपाली युवा अलपत्र परेका छन् । भिसाको म्याद सकिएपछि उनीहरू अलपत्र परेका हुन् ।

साउदीको टोपाज गल्फ कम्पनीले अकामा (आइडी) बिना काम गरेको समयको पारिश्रमिक नदिई कामबाट निकालेपछि २४ नेपाली अलपत्र परेको पीडितमध्येका एक ओखलढुंगाका निशान थापा मगरले बताए ।

‘हाम्रो कम्पनीले समयमा पारिश्रमिक नदिने, अकामा (आइडी) कार्ड पनि नबनाई दिने र करार अवधि सकिएपछि घर पनि नपठाएको कारण हामीले साउदी लेवरकोर्टमा उजुरी गरेका थियौँ’, निशानले खबरहबसँग भने, ‘कोर्टले हाम्रो पक्षमा फैसला गरेर कम्पनीलाई एक महिनाभित्र बाँकी पारिश्रमिक तथा एक्जिट भिसा र टिकट दिनू भनेको छ, हेरौँ कम्पनीले के गर्छ !’

कोर्टले हाम्रो पक्षमा फैसला सुनाएपछि कम्पनीले आफूहरु बस्ने कोठाबाटसमेत निकालिदिएको उनले बताए । अहिले त्यहाँको जुबेल भन्ने ठाउँमा एक महिनादेखि कोठा भाडामा लिएर बसिरहेको उनले जानकारी दिए ।

अलपत्र परेका अर्का नेपाली नारायण परियारले भने, ‘पहिले कम्पनी राम्रो थियो । अहिले झन्डै दुई वर्ष भयो कम्पनीले हामीलाई दु:ख दिएको । साउदीस्थित नेपाली दूतावासले पैसा लिने कोसिस गर्नु एक्जिट भिसाको लागि हामी सहयोग गर्छौ भनेको छ तर अहिलेसम्म केही गरेको छैन ।’

पछिल्लो समयमा दूतावास र आफूहरूलाई पठाउने गल्फ इस्काइ म्यानपावरले पनि उद्धारको पहल गर्ने वचन दिएकाले अहिले कोठामै बस्न बाध्य भएको उनले बताए ।

समस्यामा परेका उनीहरूलाई केही नेपाली व्यक्तिगत रुपमा सहयोग गरेपनि दूतावास मुकदर्शक बनेको पीडितको गुनासो छ । यता दूतावासले भने पीडितको समस्या समाधानको प्रयास जारी रहेको जनाएको छ । एक्जिट भिसाको पहल भैरहेको दूतावासले जनाएको छ ।

यस्तै साउदीको जेद्धामा पनि एक्जिट भिसा नपाएर करिव २२ नेपाली अलपत्र परेको जानकारी आएको छ । पछिल्लो समयमा कम्पनीले कोरोना महामारीको कारण देखाउँदै कामदारलाई बिना पारिश्रमिक कम्पनीबाट निकाल्ने तथा घर पठाउने गरेको गुनासो बढ्न थालेको छ।

यस्ता समस्या दिनप्रतिदिन बढ्न थालेको भन्दै नेपाली कामदारको अवस्था बुझ्न र समाधानको पहल गर्न पीडित कामदारले दूतावासलाई आग्रह गरेका छन् ।

यी हुन भिसा सकिएर अलपत्र २४ नेपाली

१ नारायण परियार
२ निशान थापामगर
३ वीरबहादुर तामाङ
४ विष्णुबहादुर सुनार
५ लोकमान चौधरी
६ मंगलप्रसाद कुर्मी
७ संग्राम राई
८ कालेसिंह तामाङ
९ टेकेन्द्र घर्ती
१० कुमार खत्री
११ सूर्य अधिकारी
१२ राजेन्द्र राई
१३ रामबहादुर नेपाली
१४ तिलकराम चौधरी
१५ जंगली चौधरी
१६ रामकुमार चौधरी
१७ हर्निबहादुर चौधरी
१८ भरत राई
१९ अमर चौधरी
२० नेत्र बीसी
२१ लोकबहादुर थारु
२२ विष्णुबहादुर ठकुरी
२३ रजद मिया
२४ रोमन राई

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  १ : २६ बजे

अर्जेन्टिनीहरूका प्रिय ‘ब्याड ब्वाइ’

काठमाडौं – ‘आधुनिक फुटबलका राजा’ अर्जेन्टिनी स्टार लियोनल मेसीले विश्वकप

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ

फरार अभियुक्त १८ वर्षपछि पक्राउ

जनकपुरधाम– दाइजोको विषयलाई लिएर करिब १८ वर्षअघि महिलालाई धारिलो हतियार

आज २०८३ साल साउन २ गते शनिबारको राशिफल

काठमाडौँ– २०८३ साल साउन २ गते शनिबार सन् २०२६ जुलाई

विश्वकपमा अर्जेन्टिनाको राजनीतिक सन्देश, ‘माल्भिनास’ ब्यानरले किन मच्चायो विश्वभर बहस?

 काठमाडाैँ- विश्वकपको मैदानमा कहिलेकाहीँ एउटा गोलभन्दा पनि एउटा सन्देशले ठूलो