प्रधानमन्त्री देउवा र माओवादी केन्द्र अध्यक्ष प्रचण्डको भेट « Khabarhub

प्रधानमन्त्री देउवा र माओवादी केन्द्र अध्यक्ष प्रचण्डको भेट


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवासँग आज नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेका छन् । प्रधानमन्त्री देउवाले सरकारलाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउन छलफल थालेका हुन् ।

त्यस क्रममा अध्यक्ष दाहालले सरकारको साझा न्यूनतम् कार्यक्रम बनाएर अगाडि बढ्ने विषयमा छलफल गरेका थिए ।

उनीहरुबीच गठबन्धनमा सहभागी दलको भावनाअनुसार साझा न्यूनतम कार्यक्रम बनाएर सरकारलाई गतिदिने विषयमा छलफल भएको अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

देउवासँगको भेटअघि अध्यक्ष दाहालले नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग नेता नेपालको निवास कोटेश्वरमा छलफल गरेका थिए ।

नेता त्रयबीच भएको भेटमा केपी शर्मा ओली सरकारले असंवैधानिक ढङ्गबाट गरेका राजनीतिक नियुक्तिहरु खारेज गर्ने विषयमा छलफल भएको जानकारी सापकोटाले दिए ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ३ : ३३ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस