विषाक्त मदिरा प्रकरण : प्रहरी नायव उपरीक्षकको नेतृत्वमा अनुसन्धान समिति गठन | Khabarhub Khabarhub

विषाक्त मदिरा प्रकरण : प्रहरी नायव उपरीक्षकको नेतृत्वमा अनुसन्धान समिति गठन


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- विषाक्त मदिरा पिएर चारजना मजदूरको मृत्यु भएको घटनाको छानबिन गर्न प्रहरी नायब उपरीक्षक इकवाल हवारीको नेतृत्वमा अनुसन्धान समिति गठन भएको छ ।

बागलुङमा सोमबार साँझ विषाक्त मदिरा पिएका ६ मध्ये चारजनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षी रेखबहादुर राना र ३० वर्षीय प्रवीन घर्ती रहेका छन् । उनीहरुको उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

त्यस्तै उनीहरुसँगै मदिरा खाएका ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र पुनको अवस्था गम्भीर रहेको र धौलागिरि अस्पतालमा उपचार सम्भव नभएपछि दुबै जनालाई गण्डकी अस्पताल पोखरा पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्तासमेत रहनुभएका प्रहरी नायब उपरीक्षक हवारीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको प्रहरीले जनाएको छ । बागलुङमा पहिलोपटक चारजनाको विषाक्त रक्सी सेवनका कारण ज्यान गएपछि प्रहरी गम्भीर भएर अनुसन्धानमा लागेको प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लिमगरले बताए ।

“सात दिनको समय दिएर डिएसपी सापको नेतृत्वमा टोली पठाएको छु”, उनले भने, “अहिलेसम्म दुईजना पक्राउ परेका छन्, मजदूरले खाएका चाउचाउ, दालमोठ र मदिराका भाँडाहरुसमेत बरामद गरेका छौँ ।”

पक्राउ पर्नेमा पसल सञ्चालक भद्रबहादुर थापा र स्थानीयवासी भक्तबहादुर बलाल रहेका छन् । उनीहरुसँग अहिले सोधपुछ चलिरहेको र शवपरीक्षणको रिपोर्ट आएपछि थप अनुसन्धान अगाडि बढाइने उनले बताए ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ४ : ३३ बजे

इजरायल र इरानबीच जारी द्वन्द्वले चिनियाँ राष्ट्रपति सी ‘गहिरो चिन्तामा’

काठमाडौं– इजरायल र इरानबीच द्वन्द्वप्रति चिनियाँ राष्ट्रपति सी जिन्पिङले ‘गहिरो

इजरायलले तेहरानमा व्यापक हमला गर्दैछ : रक्षामन्त्री कट्ज

काठमाडौं– इजरायली रक्षामन्त्री इजरायल कट्जले इरानको राजधानी तेहरानमा व्यापक हमला

तीन लाख धरौटीमा छुटे रवीन्द्र मिश्र (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र धरौटीमा

इजरायलले रणभूमि विस्तार गर्‍यो : जोर्डनका नरेश अब्दुल्लाह

काठमाडौं– इजरायलले ‘रणभूमि’ विस्तार गरिरहेको जोर्डनका नरेश अब्दुल्लाहले बताएका छन्

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न आदेश

काठमाडौं– जिल्ला अदालत काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ