३९ औँ बीपी स्मृति दिवस धरानमा पनि मनाइने « Khabarhub

३९ औँ बीपी स्मृति दिवस धरानमा पनि मनाइने


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान– ३९ औँ बीपी स्मृति दिवस धरानमा पनि विभिन्न कार्यक्रम गरेर मनाइने भएको छ । भोलि (बुधबार) प्रदेश १ का संसदीय दलका नेता एवं कांग्रेस सुनसरी जिल्ला सभापति राजिव कोईरालाको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने भएको हो ।

नेपाली कांग्रेस धरान नगर समितिका अनुसार ३९ औँ वीपी स्मृति दिवसको अवसरमा धरान – १३ स्थित बीपी पार्कमा बिहान ८ बजे बीपीको शालिकमा माल्यार्पण गर्ने, दिउँसो २ बजे धरान – २ स्थित नवनिर्मित पार्टी कार्यालयमा विचार गोष्ठी कार्यक्रम आयोजना हुने भएको छ ।

धरान – २ स्थित बलबहादुर राई/भीमबहादुर तामाङ स्मृति प्रतिष्ठानको नाममा कांग्रेसको भवन निर्माण सम्पन्न गरिएको छ । उक्त भवनको औपचारिक रुपमा उद्घाटन भने भएको छैन । भवनको उद्घाटन अब केही दिनभित्रै गरिने कांग्रेस नगर समितिले जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ८ : १५ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले