बीमा कम्पनीहरूबाट साढे १ खर्ब बीमा शुल्क संकलन, जीवन बीमामा २८.७१ प्रतिशतले वृद्धि « Khabarhub

बीमा कम्पनीहरूबाट साढे १ खर्ब बीमा शुल्क संकलन, जीवन बीमामा २८.७१ प्रतिशतले वृद्धि


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गत आर्थिक वर्षमा बीमा कम्पनीहरूबाट कुल १ खर्ब ५१ अर्ब ४५ करोड ९१ लाख बीमा शुल्क संकलन भएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा जीवन बीमा कम्पनीहरूबाट कुल १ खर्ब २० अर्ब ५५ करोड २३ लाख रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरूबाट कुल ३० अर्ब ९० करोड ६८ लाख रुपैयाँ गरी कूल जम्मा १ खर्ब ५१ अर्ब ४५ करोड ९१ लाख बीमाशुल्क संकलन भएको बीमा समितिले जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आर्थिक वर्ष २०७७/७८ मा जीवन बीमा तर्फको कूल बीमा शुल्कमा २८.७१ प्रतिशत र निर्जीवन बीमा तर्फको कूल बीमाशुल्कमा १५.३५ प्रतिशतले वृद्धि भएको हो ।

त्यसैगरी, गत आर्थिक वर्षमा जीवन बीमा तर्फ १५ हजार ९६४ वटा बीमालेखको जम्मा २ अर्व २५ करोड २ लाख र निर्जीवन बीमातर्फ ८६ हजार ४४० वटा बीमालेखको जम्मा २० अर्ब १४ करोड ५१ लाख रुपैयाँ बीमा मागदावीको भुक्तानी दिन बाँकी रहेको समितिले जनाएको छ ।

यसैगरि, गत आर्थिक वर्षमा जीवन बीमातर्फ ९ अर्ब ८८ करोड १४ लाख रुपैयाँ बराबरका ६३ हजार ३३१ बटा बीमालेखहरू व्यतित सरेण्डर भएका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ८ : ४५ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने