बीमा कम्पनीहरूबाट साढे १ खर्ब बीमा शुल्क संकलन, जीवन बीमामा २८.७१ प्रतिशतले वृद्धि « Khabarhub

बीमा कम्पनीहरूबाट साढे १ खर्ब बीमा शुल्क संकलन, जीवन बीमामा २८.७१ प्रतिशतले वृद्धि


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गत आर्थिक वर्षमा बीमा कम्पनीहरूबाट कुल १ खर्ब ५१ अर्ब ४५ करोड ९१ लाख बीमा शुल्क संकलन भएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा जीवन बीमा कम्पनीहरूबाट कुल १ खर्ब २० अर्ब ५५ करोड २३ लाख रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरूबाट कुल ३० अर्ब ९० करोड ६८ लाख रुपैयाँ गरी कूल जम्मा १ खर्ब ५१ अर्ब ४५ करोड ९१ लाख बीमाशुल्क संकलन भएको बीमा समितिले जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आर्थिक वर्ष २०७७/७८ मा जीवन बीमा तर्फको कूल बीमा शुल्कमा २८.७१ प्रतिशत र निर्जीवन बीमा तर्फको कूल बीमाशुल्कमा १५.३५ प्रतिशतले वृद्धि भएको हो ।

त्यसैगरी, गत आर्थिक वर्षमा जीवन बीमा तर्फ १५ हजार ९६४ वटा बीमालेखको जम्मा २ अर्व २५ करोड २ लाख र निर्जीवन बीमातर्फ ८६ हजार ४४० वटा बीमालेखको जम्मा २० अर्ब १४ करोड ५१ लाख रुपैयाँ बीमा मागदावीको भुक्तानी दिन बाँकी रहेको समितिले जनाएको छ ।

यसैगरि, गत आर्थिक वर्षमा जीवन बीमातर्फ ९ अर्ब ८८ करोड १४ लाख रुपैयाँ बराबरका ६३ हजार ३३१ बटा बीमालेखहरू व्यतित सरेण्डर भएका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ८ : ४५ बजे

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो