पर्यटन प्रर्वद्धनका लागि विभिन्न देशका राजदूतहरूसँग छलफल « Khabarhub

पर्यटन प्रर्वद्धनका लागि विभिन्न देशका राजदूतहरूसँग छलफल


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवर्द्धनका विषयमा मंगलबार विभिन्न देशका राजदूतहरुसँग छलफल गरेको छ ।

कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपालको पर्यटन प्रवर्द्धनका लागि बोर्डले गरेका कामहरूबारे जानकारी दिएका छन् ।

उनले कोभिडको कारण थलिएको पर्यटनलाई उकास्न नयाँ रणनीति, उत्पादन तथा कार्यनीति आवश्यक भएको र बोर्डले सोही अनुरुप काम गरिरहको जानकारी दिए ।

प्रमुख कार्यकारी निर्देशक (सीईओ) डा. रेग्मीले नेपाललाई सबै सिजन र सबै उमेर समूहको गन्तव्यका रुपमा विकास गर्न र प्रचार गर्न आवश्यक रहेको बताउँदै बोर्डले दूतावासहरुसँग सहकार्य गरी पर्यटन प्रर्वद्धनका काम गर्ने बताए ।

कार्यक्रममा राजदूतहरुले खोपको विकास र विस्तारसँगै अन्तरराष्ट्रिय पर्यटन चलायमान भएको भन्दै नेपालको लागि छिमेकी देशहरु नै ठूलो स्रोत बजार भएकोले त्यसतर्फ ध्यान दिई प्रवर्द्धनात्मक कार्य गर्न बोर्डलाई सुझाव दिए ।

यस्तै राजदूतहरूले नेपालको हवाई भाडा अति महँगो भएकोले पर्यटक आगमनमा समस्या पर्ने गरेकाले त्यसलाई समायोजन गर्न आवश्यक रहेको समेत बताए ।

कार्यक्रममा बंगलादेशका लागि नेपाली राजदूत डा. वशिधर मिश्रले नेपालका लागि बंगलादेश ठूलो बजार रहे पनि सोही अनुरूप काम हुन नसकको धारणा राखे ।

बंगलादेशमा करिब डेढ करोड हिन्दू र ८० लाख बुद्धिष्ट जनसंख्या भएकोले केही प्रवर्द्धनात्मक काम तथा कनेक्टिभिटीमा जोड दिनसके बंगलादेशबाट ठूलो सँख्यामा पर्यटक नेपाल ल्याउन सकिने बताए ।

यस्तै भारतस्थित नेपाली दूतावासका मिनिष्टर इकोनोमिक्स नीता पोखरेलले नेपालको लागि भारत प्रमुख स्रोत बजार भएकोले भारतमा थप प्रवर्द्धनात्मक कार्यक्रम आवश्यक रहेको बताइन् ।

उनले भाषा, धर्म संस्कृति र खानपानका कारणले पनि भारतीयहरुलाई नेपाल सहज गन्तव्य भएकोले प्याकेजसहितको बजारीकरणलाई जोड दिनुपर्ने धारण राखिन् ।

श्रीलंकास्थित नेपाली दूतावासका सेकेण्ड सेक्रेटरी विश्वास भट्टले श्रीलंकाको लागि प्रमुख आर्कषण लुम्बिनी भएपनि साहसिक पर्यटनको लागि पनि श्रीलंकन पर्यटकलाई नेपाल ल्याउन सकिने बताए ।

उनले पर्यटन पूर्वाधारका विषयमा नेपालले श्रीलंकाबाट धेरै सिक्न सक्ने धारणा राख्दै थप पर्यटक ल्याउन एअर कनेक्टिभिटीमा जोड दिन आवश्यक रहको बताए ।

विभिन्न देशका राजदूतहरुसँग निरन्तर छलफल गरिरहेको बोर्डले मंगलबार भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाका राजदूत तथा राजदूतावासका अन्य अधिकारीसँग भर्चुअल अन्तरक्रिया गरेको हो ।

बोर्डले यसअघि कोभिड महामारीबीच पनि नेपालको पर्यटन प्रवर्द्धनका लागि के कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर अमेरिका, मध्यपूर्व, उत्तरपूर्वी एशिया र युरोपका विभिन्न देशका राजदूतहरुसँग पनि अन्तरक्रिया गरिसकेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ९ : ०१ बजे

नारायणी अस्पताल घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते भएका मेडिकल

देवानगञ्ज घटना : कोशीका डीआईजी, सुनसरीका सीडीओ र एसपीलाई फिर्ता बोलाइयो

काठमाडौं- गयराति सुनसरीमा भएको हिंसात्मक घटनापछि त्यहाँका प्रमुख जिल्ला अधिकारी

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका

अवैध बोइलर कुखुरा आयात नियन्त्रणसँगै बाँकेका मासु पसल सञ्चालन

नेपालगञ्ज बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण

गोविन्द केसी र सरकारबीच आठ बुँदे सहमतिको मस्यौदा तयार, हस्ताक्षरपछि मात्रै अनसन तोड्ने 

धनगढी– अनशनरत प्राध्यापक डा.गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट