वैशाखयता प्राकृतिक प्रकोपमा परी १२१ जनाको मृत्यु, ३६ बेपत्ता « Khabarhub

वैशाखयता प्राकृतिक प्रकोपमा परी १२१ जनाको मृत्यु, ३६ बेपत्ता


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वैशाखपछिको प्राकृतिक प्रकोपमा परी मुलुकका विभिन्न जिल्लामा १२१ जनाले ज्यान गुमाएका छन् ।

गृहमन्त्रालयअन्तर्गतको राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गत वैशाख १ गतेदेखि साउन ५ गते मंगलबारसम्म सो संख्यामा हताहती भएको जनाएको हो ।

४ महिनाको अवधिमा १७२ वटा पहिरोका घटनामा ३२ जनाको र ७७ वटा बाढीको घटनामा २७ जनाको मृत्यु भएको प्राधिकरणको विवरणमा उल्लेख छ ।

प्राधिकरणले मंगलबार सूचना सार्वजनिक गर्दै पहिरोमा ७ र बाढीमा परी २७ जना बेपत्ता भएका छन् । पहिरोमा पुरिएर र बाढीमा बगेर घाइते भएका ६७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । ती घटनामा ३ सय ४ घरपरिवार प्रभावित भएको जानकारी गराउँदै प्राधिकरणले ६ करोड ५७ लाख बढी रुपैयाँ बराबरको भौतिक क्षति भएको उल्लेख गरेको छ ।

अविरल वर्षापछिका विभिन्न १४३ वटा घटनामा ८ जनाको मृत्यु भएको र १४ जना घाईते भएको उल्लेख गर्दै प्राधिकरणले १५५ घर परिवार प्रभावित भएको बताएको छ ।

चट्याङबाट पछिल्लो चार महिनामा मात्रै ३८ जनाले ज्यान गुमाएको प्राविधकरणको विवरणमा उल्लेख छ । मुलुकका विभिन्न जिल्लामा १३५ वटा चट्याङका घटना भएका छन् भने ती घटनामा ११५ जना घाईते भएको प्राधिकरणको तथ्याङ्क छ ।

यो चार महिनामा मुलुकका विभिन्न जिल्लामा आगलागीका ५२३ घटना भएका छन् । आगलागीबाट १२ जनाको मृत्यु हुनुको साथै ८२ जना घाईते भएका छन् । आगलागीबाट ६६३ घरपरिवार प्रभावित भएको र ४४ करोड ७१ लाख ४५ हजार बढी मूल्य बराबरको क्षति भएको प्राधिकरणले उल्लेख गरेको छ । सोही अवधिमा डढेलोका ६२ वटा घटनामा ३ जनाको मृत्यु र एक जना घाईते भएका छन् ।

वैशाख एक गतेदेखि साउन ५ गते मंगलबारसम्म हावाहुरीका ३२ वटा घटना भएको र ती घटनामा एक जनाले ज्यान गुमाएका छन् । हावाहरीमा परी ४ जना घाईते भएको र बेपत्ता एक जनाको खोजी भइरहेको छ ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार, मंगलबार पनि कालीकोट, सुर्खेत, भोजपुर, सोलुखुम्बु र सिन्धुलीका विभिन्न स्थानमा पहिरो खसेको छ भने धनकुटा र दार्चुलामा अविरल वर्षाका कारण घरहरुमा क्षति पुगेको छ । आगलागीबाट रौतहटको वृन्दावन नगरपालिकामा २ जना घाईते भएका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ६ : २५ बजे

कूटनीतिक राहदानीबारे सभामुख र दलका मुख्य सचेतकहरुबीच छलफल हुँदै

काठमाडौँ– सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विकास, आर्थिक मामिला तथा

‘जबज’सामु लोकप्रियतावाद र अवशरवाद केही समयका पाहुना हुन् : शंकर पोखरेल

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीले अंगिकार गरेको मार्गदर्शक

नेकपा स्थापना दिवस कार्यक्रममा एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थापना दिवसको

दिपक भट्टमाथिको अनुसन्धान प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

काठमाडौँ– नेपाल धितोपत्र बोर्डले व्यवसायी दिपक भट्टले गरेको धितोपत्र कारोबारमा