कमला नदीको बाढीले धनुषातर्फको बाँध कटान, चार पालिकाका बस्ती जोखिममा (फोटोफिचर) « Khabarhub

कमला नदीको बाढीले धनुषातर्फको बाँध कटान, चार पालिकाका बस्ती जोखिममा (फोटोफिचर)


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– कमला नदीमा आएको बाढीले धनुषातर्फको बाँध कटान हुँदा आसपासका गाउँ जोखिममा परेको छ ।

बाढीले सबैला नगरपालिका – १३ स्थित किरतपुर नजिक पश्चिमतर्फको बाँध कटान गरिरहेको छ । बाढीका कारण हुनसक्ने सम्भावित जोखिमबाट स्थानीयहरुलाई सतर्क गराइएको छ । बाँध कटान गर्न थालेपछि धनुषाका पूर्वीक्षेत्रका गाउँहरू जोखिममा परेका हुन् ।

नदीले बाँध कटान गर्न थालेपछि गाउँका मानिसहरु त्रसित भएका छन् । नदीमा बाढी आएपछि स्थानीयबासी रातभर जग्राम बस्न बाध्य भएका छन् । बाढीले धनुषाको सबैला नगरपालिका, शहीदनगर नगरपालिका, कमला नगरपालिका र जनकनन्दनी गाउँपालिकाका गाउँहरु डुबानमा पर्ने जोखिम बढेको छ ।

बाढीले बाँध कटान गर्न थालेपछि डुबान हुनसक्ने क्षेत्रमा प्रहरी परिचालन गरी स्थानीयलाई सतर्क गराइएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जानकारी दिए ।

बाँध मर्मतका लागि तत्काल नेपाली सेना, सशस्त्र प्रहरी परिचालन गरिएको प्रजिअ बाँस्तोलाले बताए । तर उक्त प्रयासले नियन्त्रण गर्न नसकिएको उनले बताए ।

कमला नदी नियन्त्रण आयोजना कार्यालयका प्रमुख एकराज भट्टराईका अनुसार नदीको चौडाइमा करिब ८० प्रतिशत कटान भइसकेको छ भने लम्बाइमा चार सय मिटर कटान भएको छ ।

बाढीले नदीको ६ सय मिटर बाँध जोखिममा परेको छ । आज बिहानको निरीक्षण पश्चात बाँध जोगाउने काम शुरू भएको भट्टराईले बताए । बजेट अभावका कारण नियन्त्रणको प्रयास प्रभावकारी हुन नसकेको उनको भनाइ छ ।

बाँध मर्मतका लागि नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयबासीले खटिएका छन् । ‘सरकारले चालु आर्थिक वर्षमा मर्मत सम्भार गर्न पैसा नै दिएको छैन । प्रदेश सरकारले पनि आश्वासन मात्रै दिएको छ,’ उनले भने, ‘संघ सरकारले ५० लाख दिने कुरा छ । तर, अधिकारिक रुपमा आएको छैन ।’

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ७ : १८ बजे

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने– नर्वेमा नमेटिने दाग लाग्यो

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

बेगनासको माछा र मौलिक संस्कृति प्रवर्द्धन गर्न ‘फिस फेस्टिभल’

कास्की – पोखरा उपत्यकाको दोस्रो ठूलो बेगनास तालको पहिचानलाई स्थानीय

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच