प्रभु बैंक र कान्तिपुर जनरल एण्ड डेण्टल हस्पिटलबीच सहकार्यको सम्झौता « Khabarhub

प्रभु बैंक र कान्तिपुर जनरल एण्ड डेण्टल हस्पिटलबीच सहकार्यको सम्झौता


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रभु बैंक लिमिटेडले  संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कान्तिपुर जनरल एण्ड डेण्टल हस्पिटललाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र कान्तिपुर डेण्टल अस्पतालका सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठबीच आर्थिक सहयोग उपलब्ध गराउने सम्बन्धी सम्झौतामा आज हस्ताक्षर भएको हो ।

प्रभु बैंकबाट उपलब्ध गराइएको आर्थिक सहयोगमा कान्तिपुर जनरल एण्ड डेण्टल अस्पतालमा अत्याधुनिक स्वास्थ्य सामाग्रीहरु खरिद गर्ने र आर्थिक अभावका कारण स्वास्थ्य उपचार गर्न कठिनाई भोगिरहेका आर्थिक रुपमा विपन्न विरामीहरुको निःशुल्क उपचार गर्ने अस्पतालको योजना रहेको छ ।

यसबाट कान्तिपुर जनरल एण्ड डेण्टल अस्पतालमा उपचारका लागि आउने विरामीहरुले अत्याधुनिक स्वास्थ्य सामाग्रीहरुको मद्दतबाट स्वास्थ्य सेवा उपभोग गर्न सक्ने अस्पतालले विश्वास लिएको छ । प्रभु बैंकले समाजपयोगी कार्यक्रमहरुलाई आगामी दिनहरुमा समेत निरन्तरता दिँदै जाने जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ६ : १९ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने