निषेधाज्ञामा ६८० महिला तथा बालबालिकामाथि हिंसा « Khabarhub

निषेधाज्ञामा ६८० महिला तथा बालबालिकामाथि हिंसा


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड–१९ रोकथामका लागि जारी भएको निषेधाज्ञाको समयमा ६८० महिला तथा बालबालिकामाथि हिंसाको घटना भएको छ ।

महिला पुनःस्थापना केन्द्र(ओरेक) ले सङ्कलन गरेको घटनाका आधारमा निषेधाज्ञाको समयमा धेरै महिला र बालबालिका पीडित भएको पाइएको हो । ओरेकले वैशाख १६ देखि असार ३१ गतेसम्म सङ्कलन भएका घटनाका आधार बनाएर अध्ययन गरेको थियो ।

सो अवधिमा अभिलेखीकरण भएकामध्ये सबैभन्दा बढी ३४१ घटना घरेलु हिंसा रहेको छ । झण्डै ५० प्रतिशत घरेलु हिंसाको घटना भएको तथ्याङ्कले देखाएको छ ।

एक सय ६८ शारीरिक हिंसा, ५८ गालीगलौच र मानसिक हिंसा, ३७ वटा चारित्रिक आरोपका घटना छन् । घटना हुनुको कारण विश्लेषण गर्दा महिलाले दाइजो नल्याएको वा कम ल्याएको, छोरा नजन्माएको निहुँ, विवाहको लामो समयसम्म सन्तान नजन्मिएको लगायत विषयमा महिलालाई दोष लगाएर गालीगलौच गरेको पाइएको छ ।

हिंसा पीडिक महिलामध्ये २८ जनालाई परिवारमा माया नदिएर बेवास्ता गरिएको, १० जनालाई विवाह दर्ता नभएको, आठलाई नागरिकता नबनाएको र पाँच जनालाई स्वास्थ्योपचार नदिएको बताइएको छ ।

यस अवधिमा भएका घटनामध्ये २१ प्रतिशत बलात्कार, नौ प्रतिशत सामाजिक हिंसा, एक प्रतिशत बलात्कारको प्रयास, तीन प्रतिशत यौन दुर्व्यवहार र दुई प्रतिशत हत्याको प्रयास रहेको छ । यस अवधिमा तीन आत्महत्याको प्रयास, पाँच एसिड आक्रमण, १७ अलपत्र पारिएको र एक विद्युतीय अपराधसँग सम्बन्धित घटना रहेको छ ।

यस अवधिमा भएका घटनाका आधारमा हिंसा गर्नेमा सबैभन्दा धेरै ३११ श्रीमान् रहेका छन् । एक सय १८ परिवारका अरु सदस्य रहेका छन् । सो तथ्याङ्कका आधारमा घर र परिवारमा सबैभन्दा सुरक्षित हुनुपर्ने भए पनि त्यही महिला र बालिका असुरक्षित भएको पाइएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  १० : ४४ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने