बोनम्यारो रोगबाट पीडित बालकलाई आर्थिक सहयोग « Khabarhub

बोनम्यारो रोगबाट पीडित बालकलाई आर्थिक सहयोग


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हाम्रो जन्मभूमि संस्थाले बोनम्यारो रोगबाट पीडित बालकलाई आर्थिक सहयोग गरेको छ । भगवतीमाई गाउँपालिका–२ बेस्तड़ा दैलेखका ११ वर्षीय बालक सुशील शाहीलाई रु एक लाख ६३ हजार सहयोग गरेको हो ।

शाहीको विगत एक वर्षदेखि सिभिल अस्पताल मीनभवनमा उपचार भइरहेको छ । गत वर्षदेखि उक्त रोगबाट पीडित बालकको उपचारका लागि रु २५ लाख रकम लाग्ने सञ्चारमाध्यममा आएपछि टिकटकमा सङ्गठित भएर सिन्धुपाल्चोकको सो संस्थाले देश तथा विदेशमा रहेका नेपालीबाट रकम सङ्कलन गरी बालक शाहीलाई हस्तान्तरण गरेको हो ।

निलो आकाश बचत तथा ऋण सहकारी संस्थाका निमनाथ फुयाँल र संस्थाका अध्यक्ष ईन्द्र आचार्यले संयुक्तरुपमा रकम आज हस्तान्तरण गरे ।

समाजिक सेवामा समर्पित संस्थाले केही समय अगाडि सिन्धुुपाल्चोकमा आएको बाढीबाट पीडित परिवारलाई रु दुई लाख बराबरको खाद्यान्न सामग्री सहयोग गरेको थियो ।

सो संस्थाको सामाजिक कार्य देखेर स्वदेश तथा विदेशमा रहेका नेपालीले आर्थिक सहयोग गरिरहेका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ९ : ४५ बजे

उदयपुरमा फागुन १ देखि सुरु हुने एन्फा महिला च्याम्पियनसिपको तयारी पूरा

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी फागुन १

स्कटल्यान्डले इटालीलाई दियो २०८ रनको चुनौती

काठमाडौं– आईसीसी पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा स्कटल्यान्डले इटालीलाई जितका लागि

डुटेर्टेविरुद्ध तेस्रो महाभियोग दर्ता

एजेन्सी– फिलिपिन्सका क्याथोलिक पादरीवर्गका सदस्यहरूले सोमबार उपराष्ट्रपति सारा डुटेर्टेविरुद्ध महाभियोग

क्षमताभन्दा बढी ढुवानी गर्ने सवारीमाथि कारबाही गर्न यातायात व्यवसायी महासंघको माग

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले क्षमता भन्दा बढी ढुवानी

बिहानदेखि धुम्म काठमाडौंको आकाश दिउँसो केही खुल्यो

काठमाडौं– सोमबार बिहानदेखि धुम्म बनेको काठमाडौंको आकाश दिउँसो केही खुलेको