एक प्रेरक प्रसङ्ग- यसरी भयो सफाइ कर्मचारीको उपचार « Khabarhub

एक प्रेरक प्रसङ्ग- यसरी भयो सफाइ कर्मचारीको उपचार


४ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कलकत्तामा महामारी फैलिएको थियो ।

ईश्वरचन्द्र विद्यासागर विश्वविद्यालय जान घरबाट निस्किए । बाटोमा ठूलो रुखमुनि एकजना मानिस छटपटाइरहेको थियो । ऊ सरसफाइ कर्मचारी थियो । उसका कूचोलगायतका सामान यताउता छरिएका थिए ।

हनहनी ज्वरोले छोपेकाले ऊ बेहोश थियो । ईश्वरचन्द्रले उसलाई पिठ्युँमा बोकेर घर लगे । उसको कपडा बदलिदिए र आफ्नो निजी डाक्टरलाई बोलाएर उसको उपचार गराए ।

नजिकका छिमेकीले सोधे— ऊ को हो ?

ईश्वरचन्द्रले उत्तर दिए— ऊ मेरो भाइ हो । हामी दुवै एउटै काम गर्छौँ । उसले बाहिरी सफाइ गर्छ, म भित्री सफाइ गर्छु ।

साभार : विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गपुस्तकबाट

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ६ : १४ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु