मलेसियामा विदेशी श्रमिकमाथि धरपकड, थप २२ जना पक्राउ « Khabarhub

मलेसियामा विदेशी श्रमिकमाथि धरपकड, थप २२ जना पक्राउ



दोहा : मलेसियामा विदेशी श्रमिक माथिको धरपकडलाई तीब्र पारिएको छ ।

पछिल्लो समय मलेसियाले गैरकानुनी आप्रवासी कामदारलाई लक्षित गर्दै धमाधम धरपकड अभियान जारी राखेपछि दैनिक नेपालीसहित आप्रवासी कामदार पक्राउ परिरहेको छन् ।

मलेसियाले बुधबार मात्र सुरक्षा गार्डसहित थप २२ जना विदेशी श्रमिकलाई पक्राउ गरेको मलेसियाली अध्यागमन विभागले जनाएको छ । अध्यागमन विभागका अनुसार ३६ जनालाई अनुसन्धान गरेकोमा २२ जनाले श्रम कानुन उलंघन गरी बसेको पाइएपछि उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।

उनीहरुलाई त्यहाँको पुत्रजया, बन्दरबारू, वगी सिमोनिया, साईवरजया लगायतका ठाउँबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा २ महिलासहित २० पुरुष छन् । पक्राउ परेकाको राष्ट्रियता भने खुलाइएको छैन ।

पक्राउ परेकामध्ये अधिकांशले कानुन विपरीत र भिसामा उल्लेख भएभन्दा फरक कम्पनीमा काम गरेको पाइएको विभागले जनाएको छ । मलेसियाको कानुन अनुसार विदेशी कामदारले भिसामा उल्लेख भएअनुसारकै रोजगारदाता कम्पनीमा काम गर्नुपर्दछ।

गत हप्ता मात्र अध्यागमन विभागले केही नेपालीसहित १११ विदेशी श्रमिकलाई पक्राउ गरेको थियो । मलेसियाले गैरकानुनी रुपमा बसेका कामदारलाई लक्षित गरी सञ्चालन गरिरहेको रिक्यालिब्रेसन कार्यक्रमको समयअवधि बढाएर यस वर्षको अन्त्यसम्म पुर्याएको छ ।

तस्वीर : अध्यागमन विभाग मलेसिया

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ८ : ३० बजे

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

गगनले त्यो दिन सम्झिँदै भने, ‘भदौ २४ गते हाम्रो परिवारलाई घरभित्रै थुनेर आगो लगाइयो’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्लो राजनीतिक संकटका क्रममा

मोरक्कोका दशौँ हजार आप्रवासी रोक्न नसकेको स्पेनले गर्‍यो इटालीका १९९ आप्रवासीको खानतलासी

काठमाडौं– अफ्रिकी मुलुक मोरक्कोबाट केही समयअघि सेउटा छिरेका दशौँ हजार

इतर पक्षलाई गगनको जवाफ,‘मलाई तर्साएर तर्सिन्न, दबाएर दबिन्न, फकाएर फकिन्न’

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापाले आफूलाई दबाब,

सर्वोच्चको पुनरावलोकन आदेशबारे गगन भन्छन्, ‘शानका साथ अदालत जान्छौँ, आफ्ना कुरा राख्छौँ’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको दोस्रो विशेष महाधिवेशनसम्बन्धी