गण्डकी प्रदेशमा दोस्रो लहरपछि मृत्युदर बढ्यो « Khabarhub

गण्डकी प्रदेशमा दोस्रो लहरपछि मृत्युदर बढ्यो


४ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– गण्डकी प्रदेशमा दोस्रो लहरको कोरोना सङ्क्रमण फैलिएसँगै मृत्यु हुनेको सङ्ख्या उच्च रुपमा वृद्धि भएको छ ।

प्रदेशमा वैशाखदेखि भदौ ३ गतेसम्म एक हजार भन्दा बढी सङ्क्रमितले ज्यान गुमाएका छन्। गण्डकीमा वैशाखको पहिलो सातासम्म कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या २ सय ७ मात्रै रहेको थियो । तर, यस ४ महिनाको अवधिमा भने उक्त सङ्ख्या बढेर १ हजार २२१ पुगेको छ ।

वैशाखको पहिलो हप्ता गण्डकीमा सक्रिय सङ्क्रमितको सङ्ख्या जम्मा ४ सय ६२ रहेकोमा हाल त्यो सङ्ख्या बढेर ५ हजार ८८३ पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हाल गण्डकीमा ७१ जना सङ्क्रमित आइसियुमा रहेका छन् भने ११ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

अस्पतालमा उपचारका लागि लगिएकाहरू मध्ये आइसीयुभन्दा बढी हाई फलो श्यामा उपचाररत धेरै रहेका छन् । हाल प्रदेशमा हाई फलो श्यामा १ सय ७३ जनाले उपचार गराइ रहेका छन्।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ८ : ४७ बजे

दुईदिने बिदाकाे चापले अतिरिक्त सिफ्टको तयारीमा सरकारी अस्पताल, ओपीडी–शल्यक्रिया प्रभावित

काठमाडौँ– सरकारले इन्धन खपत घटाउने उद्देश्यले सातामा दुई दिन सार्वजनिक

प्रधानमन्त्री कप एनभीए लिग आजदेखि, ८ पुरुष र ६ महिला टोलीले प्रतिस्पर्धा गर्ने

काठमाडौँ– दशौँ संस्करणको प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल

हिमाली र पहाडी भूभागमा आंशिक बादल, तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मबाट गुमनाम भए डरलाग्दा भिलेन

काठमाडाैँ- नायक र खलनायकको द्वन्द्व नै फिल्मको प्रमुख आकर्षण हुन्

प्रिमियर लिग : सिटीको जितमा नायक बने हालान्ड, खेल सुरु भएको पाँच मिनेटमै गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत बिहीबार राति भएको खेलमा