पूर्वमन्त्री बास्कोटाको व्यंग्य– हुँदै नभएको किताब धारा कहाँबाट आयो ? « Khabarhub

पूर्वमन्त्री बास्कोटाको व्यंग्य– हुँदै नभएको किताब धारा कहाँबाट आयो ?


४ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटा पछिल्लो समय सामाजिक सञ्जालमा निक्कै सक्रिय भएका छन् ।

आफ्नो पार्टी भित्रका गतिविधि तथा सरकारको आलोचना गर्न उनले सामाजिक सञ्जाललाई नै मुख्य माध्यम बनाउँदै गएका छन् ।

यही क्रममा उनले सरकारको आलोचना गर्दै कहाँबाट आयो हुँदै नभएको किताब धारा भनेर प्रश्न गरेका छन् ।

उनले लेखेका छन्, ‘परमादेश धाराबाट सरकार ढाले । होला नि त भनियो । अध्यादेश धाराबाट पार्टी खोले । त्यो पनि छ होला भनियो । तर, हुँदै नभएको किताब धारा चाहिँ कहाँबाट ल्यायो फेरि ?’

उनले लेखेका छन्, ‘बाइस धारा न मुक्तिनाथको धारा । साइपालदेखि कञ्चनज‌घासम्मको प्राकृतिक जलधारा त हुँदै होइन । पक्कै यो चै एकनाथ धारा वा एमसीसी ६०७ को ५.५ होला ।’

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ९ : ०२ बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा