नक्कली नोट सहित दुई जना पक्राउ | Khabarhub Khabarhub

नक्कली नोट सहित दुई जना पक्राउ


४ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- नक्कली नोटसहित प्रहरीले दुई जनालाइ पक्राउ गरेको छ ।

देवानगंज गाउँपालिका-२ मध्यहर्षाईस्थित पेट्रोल पम्पबाट १ सय रुपैयाँ दरका १६ थान नक्कली नेपाली नोट सहित प्रहरीले दुई जनालाई शुक्रबार बिहान पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा भारत अररिया रामनगर बस्ने ४० वर्षीय नबल किशोर पाल र ३२ वर्षीय सुमन पाल रहेका छन् ।

बीआर ५० एस ८४०६ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ५ : ०४ बजे

म्याग्दीको पात्लेखेत पहिरोको जोखिममा

म्याग्दी– जिल्लाको बेनी नगरपालिका-१० पात्लेखेत गाउँ पहिरोको जोखिममा परेको छ

उच्च अदालतले पनि छोड्न मानेन रविलाई, माग्यो कैफियत प्रतिवेदन

काठमाडौँ- उच्च अदालत दाङको बुटवल इजलासले पनि सहकारी ठगीमा हाल

संवैधानिक इजलासमा गठनमा विवाद छैन : प्रधानन्यायाधीश राउत

काठमाडौं– प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले संवैधानिक इजलास गठनमा विवाद र

चिप्ले खोल्सी सिँचाइ आयोजनाको ड्याममा डुबेर एक जनाको मृत्यु

गोरखा–  पालुङटार नगरपालिका-७ सल्लाघारी कटरपाटा बस्ने ५४ वर्षीय काली बहादुर बरामको सोही

साउनमा १४ अर्बभन्दा बढी सरकारी ऋण थपियो

काठमाडौं– चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो महिनामा रु १४