चिनियाँ कन्सुलेटमाथिको हमलामा भारत संलग्न रहेको आरोप पुष्टि गर्न पाकिस्तान असफल « Khabarhub

चिनियाँ कन्सुलेटमाथिको हमलामा भारत संलग्न रहेको आरोप पुष्टि गर्न पाकिस्तान असफल


४ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- पाकिस्तान अदालतले चिनियाँ कन्सुलेटमा भएको आक्रमणबारे अभियोग पुष्टि गर्न असफल भएको छ ।

सन् २०१८ नोभेम्बरमा कराँचीस्थित चिनियाँ कन्सुलेटमा भएको आक्रमणमा भारतको संलग्नता रहेको आरोप पुष्टि गर्न प्रतिआतंकवाद अदालत असफल भएको हो ।

उक्त आक्रमण भारतको संलग्नतामा विद्रोही समूह बलोच लिबेरेसन आर्मीले गराएको आरोप लागेको थियो । तर अदालतले आरोपिबिरुद्ध साक्षी उपस्थित गराउन नसक्दा अभियोग पुष्टि गर्न असफल भएको हो ।

बलोच लिबेरेसन आर्मीले भारतीय गुप्तचर संस्था रअसँग मिलेर चीन र पाकिस्तानबीच सम्बन्ध साथै चीन पाकिस्तान आर्थिक कोरिडोर परियोजनामा खलल पुर्‍याउन आक्रमण गरेको आरोप लागेको थियो । प्रतिआतंकवाद अदालतका न्यायाधीशले मुद्दा उजुरीकर्तालाई अदालतमा उपस्थित गराउन छानविन अधिकारीलाई आग्रह गरेका थिए ।

तर, उजुरीकर्ता अन्तिम चार सुनुवाईमा अनुपस्थित रहेका थिए । गत जनवरीमा अदालतले आक्रमणकारीलाई हातहतियार, पैसा तथा लुक्ने बन्दोबस्त उपलब्ध गराएको भन्दै पाँच जनालाई दोषी प्रमाणित गरेको थियो ।

भारी अस्त्रसहित तीन जना आक्रमणकारीले २०१८ नोभेम्बर २३ मा चिनियाँ कन्सुलेटमाथि गरेको आक्रमणमा चार जनाको ज्यान गएको थियो ।

प्रहरीको कारबाहीमा आक्रमणकारीहरु अब्दुल रजाक, रइज बलोच र अजल बलोच मारिएका थिए । आक्रमणमा सघाउ पुर्‍याएको आरोपमा अहमद हस्नेन, मुहम्मद अस्लम, नदिर खान, अलि अहमद र अब्दुल लतिफलाई प्रति आतंकवाद विभागले पक्राउ गरेको थियो । आरोपी लतिफ र अस्लमले आक्रमण गरेको स्वीकारेका थिए ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ९ : २१ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक