आईपीएल टी-ट्वान्टी क्रिकेट : साविक बिजेता मुम्बइ चेन्नइसँग पराजित « Khabarhub

आईपीएल टी-ट्वान्टी क्रिकेट : साविक बिजेता मुम्बइ चेन्नइसँग पराजित


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईपीएल टी-ट्वान्टी क्रिकेटमा चेन्नई सुपर किङ्सले साविक बिजेता मुम्बइ इन्डियन्सलाई हराएको छ ।

कोरोना भाइरसको संक्रमणले स्थगित भएको प्रतियोगिता शुरू भएलगत्तैको पहिलो खेलमा मुम्बइले विजयी शुरूवात गरेको हो ।

दुबइमा आइतबार राति भएको खेलमा चेन्नइले मुम्बइलाई २० रनले पराजित गरेको हो ।

चेन्नइले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको मुम्बइले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३६ रनमा सीमित भयो ।

मुम्बइका लागि सौरभ तिवारीले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ्स खेले । क्विन्टन डी ककले १७ रन जोड्दा अनमोलप्रित सिंहले १६ तथा एडम मिल्नेले १५ रनमा बनाए । अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न नसक्दा मुम्बइ मध्यम लक्ष्य चुम्म चुकेको थियो ।

चेन्नईका ड्वाने ब्राभोले ३ तथा दीपक चाहरले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो ।

चेन्नइका रुतुराज गायकवाडले अविजित रहदै ८८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै रविन्द्र जडेजाले २६ रन जोड्दा ड्वाने ब्राभोले २३ रन बनाए । मुम्बइका ट्रेन्ट बोल्ट, एडम मिल्ने र जस्प्रित बुम्राहले २/२ विकेट लिए ।

जितसँगै चेन्नइले ८ खेलमा १२ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । मुम्बइ ८ अंक जोडेर चौथो स्थानमा छ ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ६ : ०१ बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा