आईपीएल टी-ट्वान्टी क्रिकेट : साविक बिजेता मुम्बइ चेन्नइसँग पराजित | Khabarhub Khabarhub

आईपीएल टी-ट्वान्टी क्रिकेट : साविक बिजेता मुम्बइ चेन्नइसँग पराजित


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईपीएल टी-ट्वान्टी क्रिकेटमा चेन्नई सुपर किङ्सले साविक बिजेता मुम्बइ इन्डियन्सलाई हराएको छ ।

कोरोना भाइरसको संक्रमणले स्थगित भएको प्रतियोगिता शुरू भएलगत्तैको पहिलो खेलमा मुम्बइले विजयी शुरूवात गरेको हो ।

दुबइमा आइतबार राति भएको खेलमा चेन्नइले मुम्बइलाई २० रनले पराजित गरेको हो ।

चेन्नइले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको मुम्बइले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३६ रनमा सीमित भयो ।

मुम्बइका लागि सौरभ तिवारीले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ्स खेले । क्विन्टन डी ककले १७ रन जोड्दा अनमोलप्रित सिंहले १६ तथा एडम मिल्नेले १५ रनमा बनाए । अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न नसक्दा मुम्बइ मध्यम लक्ष्य चुम्म चुकेको थियो ।

चेन्नईका ड्वाने ब्राभोले ३ तथा दीपक चाहरले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो ।

चेन्नइका रुतुराज गायकवाडले अविजित रहदै ८८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै रविन्द्र जडेजाले २६ रन जोड्दा ड्वाने ब्राभोले २३ रन बनाए । मुम्बइका ट्रेन्ट बोल्ट, एडम मिल्ने र जस्प्रित बुम्राहले २/२ विकेट लिए ।

जितसँगै चेन्नइले ८ खेलमा १२ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । मुम्बइ ८ अंक जोडेर चौथो स्थानमा छ ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ६ : ०१ बजे

ज्येष्ठ नागरिकलाई निःशुल्क दाँत उपहार 

भोजपुर– भोजपुरको अरुण गाउँपालिकाले ज्येष्ठ नागरिकको दाँत फेरिदिएको छ।  वृद्धावस्थामा

जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा : मन्त्री बस्नेत

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको असर

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कति पुग्यो आज?

काठमाडौं– नेपाली बजारमा सुनको भाउले शुक्रबार नयाँ रेकर्ड कायम गरेको

दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न समिति गठन

काठमाडौं– सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हातहतियार राख्ने इजाजत दिएको

सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर-व्यवस्थापिका