तालिवानको राज्यसत्ता : काबुलका मेयरले भने, महिला कर्मचारी कार्यलय नजानू « Khabarhub

तालिवानको राज्यसत्ता : काबुलका मेयरले भने, महिला कर्मचारी कार्यलय नजानू


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अफगानिस्तानको राजधानी काबुलका नयाँ मेयरले महानगरका सम्पूर्ण महिला कर्मचारीलाई घरमै बस्न निर्देशन दिएका छन् । मेयर हामदुल्लाह नोमानीले केही समयका लागि महिला कर्मचारीलाई कार्यलय नजान निर्देशन दिएका हुन् । काबुल महानगरका कूल तीन हजार कर्मचारीमध्ये एकतिहाई महिला छन् ।

कट्टर मुस्लिम सरकारले अफगान महिलामाथि लगाएको यो पछिल्लो प्रतिबन्ध हो । सन् १९९० को दशकमा सत्तामा रहँदा तालिवानले महिलालाई विद्यालय जान र कार्यलयमा काम गर्न प्रतिबन्ध लगाएको थियो । अमेरिकी सेनाको फिर्तीसँग गत महिना अफगान सत्ता कब्जा गरेका तालिवानले महिलाको अधिकार ‘मुस्लिम कानूनको ढाँचाभित्र रहेर’ सम्मान गरिने जनाएको छ ।

सत्ता कब्जा गरेपछि तालिवानले सुरक्षा अवस्था सुधार नहुन्जेल महिलालाई घरमै बस्न निर्देशन दिएको छ । सरकारको बिरोधमा उत्रिएका महिला प्रदर्शनकारीलाई तालिवान लडाकूले निर्घात कुटेका छन् । नयाँ सरकारमा महिलालाई स्थान दिइएको छैन् । महिला मन्त्रालय खारेज गरेर त्यसको ठाँउमा इस्लाम धार्मिक सिद्धान्तसम्बन्धी विभाग गठन गरिएको छ ।

यो साता अफगानिस्तानका माध्यामिक विद्यालय खुले पनि महिला विद्यालय बन्द छन् । तालिवानले महिला विद्यालय चाँडै खोल्ने बताए पनि यसवारे धेरैले आशंका गरेका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ९ : १५ बजे

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।