एमालेको विरोधकाबीच प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित « Khabarhub

एमालेको विरोधकाबीच प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधकाबीच ‘विनियोजन विधेयक २०७८’ प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा एमालेको नाराबाजीकाबीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कार्यसूची अघि वढाएका थिए।

अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । त्यसपछि सभामुख सापकोटाले विधेयक निर्णयार्थ पेश गर्दै बहुमतले पारित भएको घोषणा गरेका छन् ।

प्रतिनिधिसभाबाट पारित भएको विनियोजन विधेयक राष्ट्रिय सभामा प्रस्तुत हुनेछ । राष्ट्रियसभाबाट फिर्ता आएपछि सभामुखले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश हुनेछ ।

रष्ट्रियसभाले १५ दिनभित्र फिर्ता गर्नुपर्ने प्रावधान छ । म्यादभित्र फिर्ता नभए प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश गर्न रोकिने छैन ।

विनियोजन विधेयकमाथि सांसद प्रेम सुवालले मात्रै खर्च कटौतीको प्रस्ताव राखेका थिए । आज बजेट निर्णयार्थ प्रस्तुत गरिने भएपछि सत्तारुढ गठबन्धनमा रहेका सबै सांसद उपस्थित भएका थिए ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  १२ : ०७ बजे

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग