‘म नेपाल हो’मा सन्तोषको अनेक अवतार « Khabarhub

‘म नेपाल हो’मा सन्तोषको अनेक अवतार


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्माता सन्तोष अधिकारीको निर्माण रहेको राष्ट्रिय गीत ‘म नेपाल हो’को भिडियो सार्वजनिक भएको छ । अधिकारी स्वयंमको अभिनय रहेको गीतको भिडियो आइतबार संविधान दिवसको अवसर पारेर आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरियो ।

गीत रिलिज कार्यक्रममा अवकाश प्राप्त उपरथी जगदीश चन्द्र पोखरेल, डिआजी ज्ञानेन्द्र महत, क्याप्टेन तथा अभिनेता विजय लामा, निर्देशक दीपेन्द्रकुमार खनाल, देवकुमार श्रेष्ठ, अभिनेता प्रशान्त ताम्राकारलगायतको उपस्थिति रहेको थियो ।

निशान कस्यपको निर्देशन रहेको गीतमा सह–कलाकारको रुपमा कञ्चन भुजेल र जस्मिन मुसेओटले अभिनय गरेका छन् । अजय अधिकारीको शब्द रचना रहेको गीतमा बादल थापा मगर र सुविन सेञ्चुरीको संगीत छ ।

बादल थापा मगरको स्वर रहेको गीतको भिडियोमा उत्तम हुमागाईको छायांकन, अमितेश कर्णको ड्रेस डिजाइन र सुरेन्द्र ठकुरीको मेकअप रहेको छ ।

निर्माता अधिकारीको कन्सेप्टमा निर्माण भएको गीतको भिडियो निर्देशक निशान स्वयमले सम्पादन गरेका हुन् । असाप इन्टरटेमेन्टको युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो । भिडियोमा अभिनेता अधिकारीले २० भन्दा बढि चरित्रमा अभिनय गरेका छन् ।

निर्माता अधिकारीको लगानी रहेको फिल्म ‘तीन जन्तु’ प्रदर्शनको पखाईमा रहेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  १ : ३८ बजे

बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण

काठमाडौं- भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीको घाउ अझै

भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता

भक्तपुर– जिल्ला प्रहरी परिसर भक्तपुरले गत भदौ महिनामा विभिन्न अपराधसम्बन्धी

परराष्ट्रमन्त्री खनाल न्युयोर्कतिर (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित