पहिरोको अवलोकनमा पुगेका बुटवलका मेयरमाथि कुटपिट (भिडियोसहित) « Khabarhub

पहिरोको अवलोकनमा पुगेका बुटवलका मेयरमाथि कुटपिट (भिडियोसहित)


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- पहिरोको अवलकोन गर्न ज्योतिनगर पुगेका बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई स्थानीयबासीले कुटपिट गरेका छन् ।

पहिरो ग्रस्त क्षेत्र बुटवल–३ को ज्योतिनगरमा अवलोकन गर्न गएका मेयर सुवेदीलाई आक्रोशित स्थानीयले मुक्का प्रहार गरेका हुन् ।

स्थानीयले मेयरमाथि गरेको हातपातबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

लगातारको वर्षाले चुरेबाट पहिरो खस्दा बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करिब दुई दर्जन घर दुई साताअघि क्षतिग्रस्त भएका थिए । प्रभावित क्षेत्रका बासिन्दालाई सहयोग नगरेको भन्दै स्थानीयवासी सरकारी पक्षसँग रुष्ट छन् ।

 

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  १ : ४० बजे

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।

लगानी वृद्धि गराउन सरकार प्रयासरत छ : अर्थमन्त्री खनाल

विराटनगर –अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारका क्षेत्रमा लगानी वृद्धि

अधिकृत महमद शेरे मुस्तफासहित तीन जनाविरुद्ध आरोपपत्र दायर

पर्सा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन