सेयर बजारमा लगातार गिरावट, नेप्से ११४ अंकले घट्दा ८ अर्बको कारोबार « Khabarhub

सेयर बजारमा लगातार गिरावट, नेप्से ११४ अंकले घट्दा ८ अर्बको कारोबार


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सेयरबजारमा लगातार गिरावट आएपछि लगानीकर्ता निराश भएका छन् ।

भदौ २ गतेयता लगातार गिरावट आएको सेयर बजारमा एकाधबाहेकका अधिकांश कम्पनीमा नोक्सानी बेहोरेका छन् । निरन्तर बजार ओरालो लाग्दा लगानीकर्ता निराश छन् ।

सोमबार चार कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । हालै सूचीकृत भएको मनकामना स्मार्ट लघुवित्तको मूल्य ९.९ प्रतिशतले बढेर मूल्य प्रतिकित्ता ९८९ रुपैयाँ कायम भएको छ । डिप्रोक्स लघुवित्तको मूल्य २ प्रतिशतले बढेको छ । लक्ष्मी र नयाँ सारथी लघुवित्तको मूल्य पनि सामान्य बढेको छ।

सोमबार सेयर बजारमा ११४ अंकले घटेको छ । ४ प्रतिशतको गिरावटसँगै नेप्से परिसूचक २७ सयमुनि झरेको छ । सोमबार नेप्से परिसूचक २६ सय ९८ अंक कायम हुँदा ८ अर्ब ४९ करोड रुपैयाँको सेयर खरिदविक्री भएको छ । सबै समूहहरु राताम्मे भएका छन्।

बैंकिङ ५१, विकास बैंक ३३२, फाइनान्स २२९, होटल तथा पर्यटन १५८, जलविद्युत २२०, लगानी ५, जीवन बीमा ८००, निर्जीवन बीमा ६१४, माइक्रोफाइनान्स १६२, उत्पादन ९१, अन्य ७० र ब्यापार समूह १५६ अंकले घटेका छन् ।

सबैभन्दा धेरै गुडविल फाइनान्स, पोखरा फाइनान्स, आइसिएफसी फाइनान्स, हिमालय उर्जा विकास कम्पनी, घलेम्दी हाइड्रोपावर, प्रोग्रेसिभ फाइनान्स, युनाइटेड इदी मर्दीको मूल्य १० प्रतिशतले घटेको छ।

सिंगटी हाइड्रोपावर, एक्सल डेभलपमेन्ट बैंक, हिमालय पावर पार्टनर, सेन्ट्रल फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स र जोशी हाइड्रोपावरको मूल्य ९.९ प्रतिशतले घटेको छ।

भदौ २ गते नयाँ कीर्तिमानी ३१ सय ९८ अंक कायम गरेपछि ऋण खोजेर लगानी गरेका लगानीकर्ता अहिले धमाधम सेयर बेच्नेतर्फ लागेका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ३ : ३८ बजे

बालेनलाई मोदीको फोन, ‘नेपाललाई सबै प्रकारको मानवीय सहायता उपलब्ध गराउन तयार छौँ’

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई फोन

रसुवाबाट २५ घाइतेको उपचारका लागि काठमाडौं ल्याइयो  

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीमा परी घाइते

नुवाकोटको दृश्य : उद्धार गर्दै सुरक्षाकर्मी, आफन्तको आर्तनाद (तस्बिरहरू)

काठमाडौं– नुवाकोटका बाढीपीडितलाई नेपाली सेनासहित सुरक्षाकर्मीद्वारा हवाई उद्धार जारी छ

विपद्मा नागरिकको जीवन रक्षा गर्न कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं– नेपाली कांग्रेसले सरकारका सबै साधन श्रोत र संयन्त्रको उच्चतम

नेपालमा बाढी प्रभावित भारतीयको उद्धारका लागि भारतीय दूतावास सक्रिय

काठमाडौं- नेपालमा बुधबार आएको आकस्मिक बाढीबाट प्रभावित भारतीय नागरिकको उद्धार