सेयर बजारमा लगातार गिरावट, नेप्से ११४ अंकले घट्दा ८ अर्बको कारोबार « Khabarhub

सेयर बजारमा लगातार गिरावट, नेप्से ११४ अंकले घट्दा ८ अर्बको कारोबार


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सेयरबजारमा लगातार गिरावट आएपछि लगानीकर्ता निराश भएका छन् ।

भदौ २ गतेयता लगातार गिरावट आएको सेयर बजारमा एकाधबाहेकका अधिकांश कम्पनीमा नोक्सानी बेहोरेका छन् । निरन्तर बजार ओरालो लाग्दा लगानीकर्ता निराश छन् ।

सोमबार चार कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । हालै सूचीकृत भएको मनकामना स्मार्ट लघुवित्तको मूल्य ९.९ प्रतिशतले बढेर मूल्य प्रतिकित्ता ९८९ रुपैयाँ कायम भएको छ । डिप्रोक्स लघुवित्तको मूल्य २ प्रतिशतले बढेको छ । लक्ष्मी र नयाँ सारथी लघुवित्तको मूल्य पनि सामान्य बढेको छ।

सोमबार सेयर बजारमा ११४ अंकले घटेको छ । ४ प्रतिशतको गिरावटसँगै नेप्से परिसूचक २७ सयमुनि झरेको छ । सोमबार नेप्से परिसूचक २६ सय ९८ अंक कायम हुँदा ८ अर्ब ४९ करोड रुपैयाँको सेयर खरिदविक्री भएको छ । सबै समूहहरु राताम्मे भएका छन्।

बैंकिङ ५१, विकास बैंक ३३२, फाइनान्स २२९, होटल तथा पर्यटन १५८, जलविद्युत २२०, लगानी ५, जीवन बीमा ८००, निर्जीवन बीमा ६१४, माइक्रोफाइनान्स १६२, उत्पादन ९१, अन्य ७० र ब्यापार समूह १५६ अंकले घटेका छन् ।

सबैभन्दा धेरै गुडविल फाइनान्स, पोखरा फाइनान्स, आइसिएफसी फाइनान्स, हिमालय उर्जा विकास कम्पनी, घलेम्दी हाइड्रोपावर, प्रोग्रेसिभ फाइनान्स, युनाइटेड इदी मर्दीको मूल्य १० प्रतिशतले घटेको छ।

सिंगटी हाइड्रोपावर, एक्सल डेभलपमेन्ट बैंक, हिमालय पावर पार्टनर, सेन्ट्रल फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स र जोशी हाइड्रोपावरको मूल्य ९.९ प्रतिशतले घटेको छ।

भदौ २ गते नयाँ कीर्तिमानी ३१ सय ९८ अंक कायम गरेपछि ऋण खोजेर लगानी गरेका लगानीकर्ता अहिले धमाधम सेयर बेच्नेतर्फ लागेका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ३ : ३८ बजे

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो

राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान

जनकपुरधाम- जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

साना- यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न

फ्रान्समा हिंसा : गृहमन्त्रीको राजीनामा अस्वीकार गरेका म्याक्रों खाडीतिर

काठमाडौँ- फ्रान्सका प्रमुख शहरहरूमा हालै भएको व्यापक हिंसात्मक प्रदर्शन, तोडफोड