यसकारण अभिनयबाट टाढिइन् अरुणा « Khabarhub

यसकारण अभिनयबाट टाढिइन् अरुणा


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– बलिउड अभिनेत्री अरुणा इरानीले बलिउडमा कैयौं सुपरहिट फिल्ममा सम्झनलायक भूमिका निर्वाह गरेकी छन् । तर अहिले उनी कोभिड महामारी सुरु भएपछि क्यामराबाट टाढिएकी छन् ।

हालैमात्र उनले अभिनयबाट टाढिएको कारणका बारेमा खुलासा गरेकी छन् । उनले आफ्नो उमेर बढ्दै गएको कारण सेटमा फर्कन नसकेको जनाएकी छन् ।

‘हामीलाई सेटमा फर्कन समय लाग्नेछ । मेरो उमेरलाई हेर्दा बाहिर निस्कन र काम गर्न यो सही समय होइन । मलाई कहिलेकाँही पुनः काम सुरु गर्नुपर्छ जस्तो लाग्छ । तर जीवनको अवस्थाले मलाई कुनै नयाँ प्रोजेक्टसँग जोडिन डर लाग्दैछ’, उनले भनेकी छन् ।

अरुणाका अनुसार उनलाई परिवारले कामबाट अवकाश लिन निरन्तर दबाब दिइरहेका छन् । आफ्नो स्वास्थ्यको ख्याल गर्ने भएकाले पनि परिवारको दबाबमा आफू सहमत भएको उनको भनाइ छ ।

‘मैले अहिलेसम्म धेरै काम गरिसकें । अब मेरो लागि आराम गर्ने समय आएको छ । तर कहिलेकाँही घरमा बस्दा बस्दा दिक्क लाग्छ’, उनले भनेकी छन् । उनी पछिल्लो पटक सोनी टेलिभिजनमा ‘ये उन दिनों कि बात हे’मा देखिएकी थिइन् ।

अरुणाले ‘सफर’, ‘अन्दाज’, ‘कारवा’, ‘बोबी’, ‘दिल तो पागल हे’, ‘गोपी किशन’, ‘बेटा’, ‘कहानी घर घर की’लगायतका हिट फिल्ममा अभिनय गरेकी छन् । उनले यो वर्षको अन्त्यसम्ममा कुनै पनि फिल्ममा सम्झौता गरेकी छैनन् ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ४ : ३१ बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ