यसकारण अभिनयबाट टाढिइन् अरुणा « Khabarhub

यसकारण अभिनयबाट टाढिइन् अरुणा


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– बलिउड अभिनेत्री अरुणा इरानीले बलिउडमा कैयौं सुपरहिट फिल्ममा सम्झनलायक भूमिका निर्वाह गरेकी छन् । तर अहिले उनी कोभिड महामारी सुरु भएपछि क्यामराबाट टाढिएकी छन् ।

हालैमात्र उनले अभिनयबाट टाढिएको कारणका बारेमा खुलासा गरेकी छन् । उनले आफ्नो उमेर बढ्दै गएको कारण सेटमा फर्कन नसकेको जनाएकी छन् ।

‘हामीलाई सेटमा फर्कन समय लाग्नेछ । मेरो उमेरलाई हेर्दा बाहिर निस्कन र काम गर्न यो सही समय होइन । मलाई कहिलेकाँही पुनः काम सुरु गर्नुपर्छ जस्तो लाग्छ । तर जीवनको अवस्थाले मलाई कुनै नयाँ प्रोजेक्टसँग जोडिन डर लाग्दैछ’, उनले भनेकी छन् ।

अरुणाका अनुसार उनलाई परिवारले कामबाट अवकाश लिन निरन्तर दबाब दिइरहेका छन् । आफ्नो स्वास्थ्यको ख्याल गर्ने भएकाले पनि परिवारको दबाबमा आफू सहमत भएको उनको भनाइ छ ।

‘मैले अहिलेसम्म धेरै काम गरिसकें । अब मेरो लागि आराम गर्ने समय आएको छ । तर कहिलेकाँही घरमा बस्दा बस्दा दिक्क लाग्छ’, उनले भनेकी छन् । उनी पछिल्लो पटक सोनी टेलिभिजनमा ‘ये उन दिनों कि बात हे’मा देखिएकी थिइन् ।

अरुणाले ‘सफर’, ‘अन्दाज’, ‘कारवा’, ‘बोबी’, ‘दिल तो पागल हे’, ‘गोपी किशन’, ‘बेटा’, ‘कहानी घर घर की’लगायतका हिट फिल्ममा अभिनय गरेकी छन् । उनले यो वर्षको अन्त्यसम्ममा कुनै पनि फिल्ममा सम्झौता गरेकी छैनन् ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ४ : ३१ बजे

काभा च्याम्पियनसिप : आज नेपाल र बंगलादेश खेल्ने

काठमाडौँ– पाकिस्तानको इस्लामावादमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्यम्पियनसिपमा

भानुभक्तको सालिक तोडफोड गरेको आरोपमा एक व्यक्ति पक्राउ

काठमाडौँ– लमजुङमा भानुभक्त आचार्यको सालिक तोडफोड गर्ने एक व्यक्तिलाई प्रहरीले

विश्वकप लिग-२ : तेस्रो खेलमा सोमबार नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

काँकडभिट्टा–लौकही सडक धमाधम विस्तार गरिँदै

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गतको काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति कार्यले पछिल्लो

बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– वर्षापछिको बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग