अभिनेत्री पायलमाथि एसिड आक्रमणको प्रयास « Khabarhub

अभिनेत्री पायलमाथि एसिड आक्रमणको प्रयास


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– मुम्बईको अँधेरी इलाकामा अभिनेत्री पायल घोषमाथि अज्ञात समूहले एसिड आक्रमणको प्रयास गरेको छ । अभिनेत्रीले आफूलाई एसिड आक्रमणको प्रयास भए पनि त्यसबाट आफू बचेको दाबी गरेकी छन् ।

अभिनेत्रीका अनुसार उनी मुम्बईको अँधेरी इलाकाबाट आफ्नो घर फर्किइरहेकी थिइन् । उनी आफ्नो कारमा बस्न लाग्दा कसैले उनीमाथि आक्रमण गरेका थिए । ‘उनीहरुसँग हातमा एसिड पनि थियो । उनीहरुले अनुहार छोपेका थिए । त्यहाँबाट उम्कन खोज्दा हातमा सामान्य चोट लाग्यो’, उनले भनेकी छन् ।

‘म आफ्नो ड्राइभिङ सिटमा बस्न लागेको थिएँ । हातमा एसिड बोकेका केही व्यक्ति आएर मलाई आक्रमण गर्ने प्रयास गरे । त्यसपछि म चिच्याएँ र उनीहरु भागे । उनीहरुले मेरो टाउकोमा रडले हिर्काए पनि सौभाग्यले कुनै चोट लागेन । तर हातमा भने चोट लाग्यो । किनकी उनीहरुले हातमा पनि हिर्काएका थिए’, उनले भनेकी छन् । पायलले आफ्नो भाइसँग प्रहरीमा गएर उजुरी दिने उल्लेख गरेकी छन् ।

पायलले प्रख्यात निर्देशक अनुराग कश्यपमाथि यौन शोषणको आरोप लगाएर बलिउडमा सनसनी मच्चाएकी थिइन् । यसका लागि उनले एक ट्वीट गरेर प्रधानमन्त्री नरेन्द्र मोदीको सहयोग पनि मागेकी थिइन् ।

तर कश्यपले भने आफूमाथि लागेको आरोपको खण्डन गरेका थिए । प्रहरीले यो मामलामा उनीसँग सोधपुछ पनि गरेको थियो ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ५ : २० बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी