अमेरिका पठाउने प्रलोभन देखाएर ‘रोहिङ्ग्या शरणार्थीको तस्करी’, काठमाडौँबाट तीन जना पक्राउ « Khabarhub

अमेरिका पठाउने प्रलोभन देखाएर ‘रोहिङ्ग्या शरणार्थीको तस्करी’, काठमाडौँबाट तीन जना पक्राउ


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बंगलादेशमा रहेका रोहिङ्ग्या शरणार्थीलाई अमेरिका पठाउने प्रलोभन देखाएर नेपाल ल्याएको आरोपमा प्रहरीले तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बर्मेली नागरिकहरु २७ वर्षीय नरुल अमिन, २७ वर्षीय सफिक आलम र बंगलादेशी नागरिक ३० वर्षीय अजमत उल्लाह रहेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले उनीहरुलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

सीआईबीका अनुसार काठमाडौंमा कपडा बेच्दै हिँड्ने वर्मेली नागरिक नरुल अमिन सोमबार पक्राउ परेका हुन् । सामाखुशीको कान्तिपुर हार्डवेयरमा काम गर्ने वर्मेली नागरिक सफिक र टंकेश्वरमा कपडा पसल सञ्चालन गर्ने वंगलादेशी नागरिक अजमत असोज २ गते पक्राउ परेको सीआईबीले जनाएको छ ।

बंगलादेशको शरणार्थी क्याम्पमा भएका उनीहरुलाई नेपालबाट अमेरिका युरोप लगायतका देशमा पठाइदिन्छु, नेपाल पुगेपछि अमेरिका जान परिसचयपत्र पाइने मात्र नभएर मासिक भत्ता समेत पाइने लगायतका प्रलोभन दिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार उनीहरुलाई मासिक प्रतिव्यक्ति पूरुषलाइ ५ हजार ७५०, महिलालाई ३ हजार ७५० भत्ता दिने, अन्य सुविधा समेत राम्रो हुने जस्ता प्रलोभन देखाएर नेपाल ल्याइने गरेको खुलेको हो । पक्राउ परेका उनीहरुलाई अनुसन्धान तथा कारबाहीका लागि मानव बेचविखन व्यूरोमा पठाइएको प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक श्याम कुमार महतोले जनाए ।

रोहिङ्ग्या शरणार्थीलाई ढाकादेखि काठमाडौं ल्याएको २ लाख ५० हजार टाका (बंगलादेशी मुद्रा) लिएको पाइएको सीआईबीले जनाएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ७ : ०९ बजे

इरानी क्षेप्यास्त्र प्रहारबाट बहराइनमा रहेको अमेजन क्लाउड संरचनामा क्षति

मनामाह- इरानी क्षेप्यास्त्र प्रहारका कारण बहराइनमा रहेको अमेरिकी प्रविधि कम्पनी

तस्बिरमा हेर्नुहोस् तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो

काठमाडौं– तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो बिहीबार चैत्र १९ देखि भृकुटीमण्डपमा

इरानद्वारा इजरायलमा नयाँ क्षेप्यास्त्र प्रहार

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्व थप उग्र बन्दै जाँदा इजरायलमाथि इरानबाट

सुडानको अस्पतालमा ड्रोन आक्रमण, दश जनाको मृत्यु

एजेन्सी– मध्य सुडानको ह्वाइट नाइल राज्यको अल–जबालाइन अस्पताललाई लक्षित गरी

हायसको ठक्करबाट एक जनाको मृत्यु

बाँके– राप्तीसोनारी गाउँपालिका-६ डाँडाटपरीस्थित सडकमा भे.१ ज १५०५ नम्बरको हायस गाडीको ठक्करबाट