ईश्वर पोखरेलको प्रतिवेदन : पार्टीमा युवा ह्वात्तै बढे, केन्द्रमा २० र गाउँमा १० प्रतिशतमात्रै माधव पक्षमा  | Khabarhub Khabarhub

ईश्वर पोखरेलको प्रतिवेदन : पार्टीमा युवा ह्वात्तै बढे, केन्द्रमा २० र गाउँमा १० प्रतिशतमात्रै माधव पक्षमा 


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले महासचिव ईश्वर पोखरेलले माओवादी केन्द्रसँगको एकता भंग भएपछि पार्टीमा युवा पुस्ताको आकर्षण ह्वात्तै बढेको दाबी गरेका छन् ।

एमालेको जारी स्थायी कमिटी बैठकमा आसन्न विधान महाधिवेशनमा पेस गरिने संगठनात्मक प्रतिवेदनको मस्यौदा प्रस्तुत गर्दै पोखरेलले एकतापछि मात्र पार्टीमा चार लाख सदस्य थपिएका र तीमध्ये अधिकांश युवा रहेको दाबी गरेका छन् ।

उनले माधव नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन भएपछि एमालेले केन्द्रमा २० प्रतिशत नेता गुमाएको उल्लेख गरेका छन् भने प्रदेश र स्थानीय तहसमेतका गरेर १० प्रतिशत जनप्रतिनिधि पार्टीले गुमाएको उल्लेख गरेका छन् ।

प्रतिवेदनमा उनले पार्टीको सदस्य वढेको बताए पनि १० बुँदे सहमतिले भने २ जेठ २०७५ अघिका संगठित सदस्यले मात्र महाधिवेशनमा भाग लिन पाउने भनेको छ ।

पोखरेलले थप भएका सदस्यको आगामी महाधिवेशनमा कस्तो भूमिका हुन्छ भन्ने विषयमा भने केही उल्लेख गरेका छैनन् ।

एमालेको स्थायी कमिटी बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी छ । बैठकमा पार्टी अध्यक्ष केपी ओली, उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भूसालसहितका नेताहरू सहभागी छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ९ : ०१ बजे

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका

नख्खु जेलबाट निस्किए संजय टकला

काठमाडौं – जेनजी आन्दोलनका क्रममा नख्खु जेलमा पुगेको भिडले पूर्वराज्यमन्त्री

पशुपतिनाथमा अराजक समूहद्वारा तोडफोडको प्रयासपछि खटियो सेना

काठमाडौं – पशुपतिनाथ मन्दिरमा अराजक समूहले तोडफोड र लुटपाट गर्न

कञ्चनपुरमा कहाँ कहाँ तोडफोड र आगजनी भयो ?

कञ्चनपुर – आन्दोलनकारीहरूले कञ्चनपुर सदरमुकाममा महेन्द्रनगरमा सत्तारुढ कांग्रेस एमालेका जनप्रतिनिधि

जेन-जी प्रदर्शनको आडमा बैङ्क लुटपाट सुरु

काठमाडौँ – दुई दिनदेखि जारी जेन-जी प्रदर्शनको आडमा लुटेरा समूहले