हङकङविरुद्धको भिडन्त भोलि, जित्नै पर्ने दबाबमा नेपाल | Khabarhub Khabarhub

हङकङविरुद्धको भिडन्त भोलि, जित्नै पर्ने दबाबमा नेपाल


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एएफसी महिला एसियन कप-२०२२ छनोट अन्तर्गतको दोस्रो खेलमा नेपालले भोलि (मंगलबार) हङकङको सामना गर्दैछ ।

उज्वेकिस्तानको तास्केन्तस्थित जेएआर मैदानमा समूह ‘एफ’को खेलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

यसअघि नेपाल समूह ‘एफ’ को पहिलो खेलमा फिलिपिन्ससँग पराजित भइसकेको छ । आगामी वर्ष भारतमा आयोजना हुने एएफसी महिला एसियन कपमा स्थान बनाउने सम्भावना कायम राख्न नेपाल मंगलबार ‘गर या मर’ को स्थितिमा रहेको छ ।

फिफाको महिला वरीयतामा नेपाल १०१ र हङकङ ७६ स्थानमा छ । नेपालका प्रशिक्षक ग्यारी फिलिप्सले यसअघि नै फिफा वरीयता एक अंक मात्रै रहेको र नेपाली टोलीले उच्च मनोबलका साथ छनोट खेल खेल्ने बताएका थिए ।

पहिलो खेलमा नेपाल अन्तिम मिनेट सम्हालिन नसक्दा फिलिपिन्सविरुद्ध २-१ गोल अन्तरले पराजित भएको थियो । खेलको सुरुवाती १० मिनेटमै विमला चौधरीको गोलमा अग्रता बनाएको नेपाल ९० र थपिएको २ मिनेटमा लगातार दुई गोल ब्यहोर्दै ऐतिहासिक जितबाट टाढा रहेको थियो ।

नेपालले सन् १९८६ बाट एएफसी महिला च्याम्पियनसिपमार्फत अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेको थियो । जहाँ नेपाल हङकङसँग १-० गोल अन्तरले पराजित भएको थियो ।

नेपाली महिला टोलीले लगातार तीनपटक (सन् १९८६, १९८९ र १९९९) मा एसियन कप खेलेको थियो । तीनैपटक नेपालको यात्रा समूह चरणमा सीमित भएको थियो । जसअन्तर्गत दुईपटक थाइल्यान्ड, इन्डोनेसिया र हङकङ सम्मिलित समूहमा परेको नेपाल तेस्रोपटक भने इन्डोनेसिया र हङकङसँगै जापान सम्मिलित समूहमा परेको थियो ।

यसअघि नेपालको लिग च्याम्पियन एपीएफ क्लबले हङकङलाई उसैको घरेलु मैदानमा पराजित गरेको थियो । स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) र मिडफिल्डर मञ्जलीकुमारी योञ्जनको एक गोलसँगै नेपालले हङकङलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

यसपटक नेपाली टोलीमा सावित्रा भने हुने छैनन् । घुँडाको चोटको शल्यक्रिया गरेकी सावित्रा कतारको अस्पेटार अस्पतालमा रिह्याबको अवस्थामा रहेकी छिन् ।हङकङविरुद्ध समेत नेपालले सावित्रा भण्डारी साम्बाको अभाव खेप्नुपर्नेछ । सावित्राबिना नेपालले विपक्षी बक्समा खासै दबाब बढाउन सकेको छैन । गत शनिबार फिलिपिन्सविरुद्ध समेत सोही अवस्था देखियो ।

नेपाली टोलीका कप्तान रेणुका नगरकोटेले उज्वेकिस्तान उठ्नुअघि नै नेपाली टोली हङकङविरुद्ध उच्च मनोबलका साथ मैदान उत्रने बताएकी थिइन् । उनले भनिन्, ‘हामीले (एपीएफ) यसअघि पनि हङकङसँग खेलेका थियौं । नतिजा हाम्रो पक्षमा थियो । यसपटक समेत हामी उच्च मनोबलका साथ खेल्नेछौं ।’

प्रशिक्षक ग्यारीले हङकङविरुद्ध समेत फिलिपिन्सकै सुरुवाती एघारलाई निरन्तरता दिन सक्छन् । फिलिपिन्सविरुद्ध गोलकर्ता समेत रहेकी विमला चौधरी र पूजा रानाले चोट व्यहोरेका थिए । दोस्रो खेलमा दुवै खेलाडी फर्कन सक्नेछन् ।

छनोटको लागि यस्तो छ समीकरण

अब, नेपाललाई एसियन कप छनोट सम्भावना कायम राख्न मंगलबार हङकङविरुद्धको खेलमा जितको विकल्प छैन । हारले नेपाल पुनः चौथोपटक समूह चरणबाटै बाहिरिने छ ।

यता, हङकङलाई पराजित गरेमा भने नेपालको गणितीय सम्भावना कायमै रहन्छ । नेपालले हङकङलाई पराजित गरको खण्डमा नेपाल र फिलिपिन्सको समान ३-३ अंक हुनेछ ।

नेपालले पहिलो खेलमा एक गोल गर्दा दुई गोल ब्यहोरेको छ । नेपाल पहिलो हारसँगै बिना अंक (–१) को अवस्थामा छ । अब, दोस्रो खेलमा छनोट सम्भावना यथावत् राख्न नेपालले हङकङविरुद्ध जित मात्रै नभएर गोलसंख्या समेत बढाउनुपर्ने हुन्छ ।

शनिबार समूह ‘एफ’ कै फिलिपिन्स र हङकङले प्रतिस्पर्धा गर्नेछन् । यदि यस खेलमा हङकङ विजयी भए समूह ‘एफ’ का तीनै टोलीको समान ३ अंक हुनेछ र समूहको शीर्षस्थान गोल अन्तरका आधारमा हुनेछ । जहाँबाट नेपालको छनोट सम्भावना रहेको छ ।

यदि हङकङविरुद्ध फिलिपिन्सले जित हासिल गरे स्वतः ६ अंकसहित फिलिपिन्स आगामी वर्ष भारतमा आयोजना हुने महिला एसियन कपमा समूह ‘एफ’ बाट छनोट हुनेछ ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ९ : १५ बजे

बागलुङ कालिकामा ४० लाख भेटी संकलन

बागलुङ– गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठका रुपमा रहेको बागलुङ कालिका मन्दिरमा

‘ओलीले हामीलाई हेप्ने काममात्रै गर्छन्‌’ : नेपाल

मकवानपुर : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का

बन्दीपुरमा ‘मुख्यमन्त्री नवप्रवर्तन’ कार्यक्रम

तनहुँ–  बन्दीपुर गाउँपालिकामा  ‘मुख्यमन्त्री नवप्रवर्तन’ कार्यक्रम सुरु गरिएको छ ।

अवैध रूपमा उत्तर प्रदेश पुर्‍याइएका ९५ बालबालिकाको उद्धार

अयोध्या– उत्तरप्रदेश बाल आयोगले शुक्रबार बिहारबाट अवैध रूपमा उत्तरप्रदेश पुर्‍याइएका

‘लगानीकर्ता फजुल खर्च होइन, विवेकशील ढङ्गले लगानी गर्न आउँछन्‌’ : पूर्वगभर्नर क्षेत्री

काठमाडौं – पूर्वगभर्नर एवम्‌ राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले