२८ बुँदे लण्डन घोषणापत्र जारी गर्दै विश्व नेपाली स्वास्थ्य सम्मेलन सम्पन्न | Khabarhub Khabarhub

२८ बुँदे लण्डन घोषणापत्र जारी गर्दै विश्व नेपाली स्वास्थ्य सम्मेलन सम्पन्न


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन २८ बुँदे लण्डन घोषणापत्र जारी गर्दै आइतबार सम्पन्न भएको छ । ‘महामारी युगमा सम्पूर्ण स्वास्थ्य’ मूल नारा रहेको घोषणापत्रले कोरोना भाइरसको महामारीका कारण उत्पन्न विषम परिस्थितिमा देखाएको धैर्य र साहसका लागि सबै नेपाली स्वास्थ्यकर्मी र आम नेपाली नागरिकको सराहना गरेको छ ।

‘हामी स्वास्थ्य प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार रहेको, जीवनको निरन्तरताका लागि अमूल्य निधि भएको र हरेक राष्ट्रको सामाजिक जीवनस्तर वृद्धिका लागि प्राथमिक तत्व भएको कुरामा विश्वस्त छौँ, नेपालीलाई गुणस्तरयुक्त स्वास्थ्य सेवा प्रदान गर्न हामी हरेकको अद्वितीय भूमिका रहेको र यस क्षेत्रमा योगदान दिनुहुने सम्पूर्ण व्यक्ति, संस्था र साझेदारको योगदानको कदर गर्दै उहाँहरूलाई सहयोगको प्रतिबद्धता जाहेर गर्दछौँ’, घोषणापत्रमा भनिएको छ ।

सम्मेलनले संसारभरि रहेका नेपाली विशेषज्ञ तथा विज्ञ जनशक्तिको सीप, अनुभव एवं सम्पर्क सञ्जालको नेपालको विकास र उन्नयनमा उपयोग गर्नका लागि नीतिगत व्यवस्था गरी एक संयन्त्र स्थापना गर्न नेपाल सरकारलाई आह्वान पनि गरेको छ ।

समापन समारोहमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का केन्द्रीय उपाध्यक्ष डा बद्री केसी, महासचिव डा हेमराज शर्मा, दक्षिण कोरियाका डा देवी बस्नेतलगायतले सम्मेलन कोभिड महामारीका बेला जनचेतना जगाउन उपयोगी भएको बताए । पत्रकार भगीरथ योगी तथा डा दिनेश ज्ञवालीले अङ्ग्रेजी तथा नेपाली भाषामा घोषणापत्र पढेर सुनाए ।

शुक्रबारदेखि विभिन्न सत्र सञ्चालन गरिएको र शनिबार लण्डनस्थित नेपाली दूतावासमा औपचारिकरूपमा सुरुआत गरिएको सम्मेलनमा ३० भन्दा बढी वैज्ञानिक कार्यपत्र प्रस्तुत गरिएका थिए भने ५० भन्दा बढी कार्यशाला सञ्चालन गरिएका थिए ।

एनआरएनए स्वास्थ्य समितिका अध्यक्ष डा सञ्जीव सापकोटाले सम्मेलन नेपालबाहिर आयोजना गरिएको स्वास्थ्यसम्बन्धी सबैभन्दा ठूलो फोरम भएको बताए । उनले महामारीका बेलामा नेपालीको स्वास्थ्य कसरी राम्रो बनाउन सकिन्छ भन्नेमा तीन दिने सम्मेलन केन्द्रित रहेको जानकारी दिए ।

बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी तथा स्वास्थ्यराज्य मन्त्री उमेश श्रेष्ठले नेपालबाट संयुक्तरूपमा सम्मेलनको उद्घाटन गरेका थियो । कार्यक्रममा सम्बोधन गर्दै राज्यमन्त्री श्रेष्ठले कोरोना महामारीको शुरुदेखि नै नेपाल र नेपालीलाई सघाएकोमा गैरआवासीय नेपाली सङ्घ तथा संसारभरि रहेका नेपाली चिकित्साकर्मीलाई धन्यवाद दिए । उनले नेपाल सरकारले जोखिममा रहेका सबै जनतालाई खोप पु¥याउने कामलाई सर्वोच्च प्राथमिकता दिएको जनाए ।

कार्यक्रममा नेपालका लागि बेलायती राजदूत निकोल पोलिट, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइराला, नेपाल नर्सिङ सङ्घका अध्यक्ष प्रा मनकुमारी राई, वायल कलेज अफ सर्जन्स एडिनबराका प्राध्यापक माइकल ग्रीफिन, वायल कलेज अफ नर्सिङ्गका उपाध्यक्ष ट्रेसी बन्डिग, शेफिल्ड विश्वविद्यालायका प्राध्यापक एन्ड्र्यु लि, सम्मेलनको सहआयोजक एनआरएनए एनसीसी यूकेका अध्यक्ष प्रेमगाहा मगरलगायत वक्ताले शुभकामना दिए । सम्मेलनले एनआरएनए चौथो विश्व स्वास्थ्य सम्मेलन अष्ट्रेलियामा गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ८ : १५ बजे

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण

सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले जेन-जी आन्दोलन क्रममा क्षति

एनसेलले दुई दिनका लागि कल, एसएमएस र इन्टरनेट निःशुल्क गर्‍यो

काठमाडौँ – टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस,

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका