२८ बुँदे लण्डन घोषणापत्र जारी गर्दै विश्व नेपाली स्वास्थ्य सम्मेलन सम्पन्न « Khabarhub

२८ बुँदे लण्डन घोषणापत्र जारी गर्दै विश्व नेपाली स्वास्थ्य सम्मेलन सम्पन्न


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन २८ बुँदे लण्डन घोषणापत्र जारी गर्दै आइतबार सम्पन्न भएको छ । ‘महामारी युगमा सम्पूर्ण स्वास्थ्य’ मूल नारा रहेको घोषणापत्रले कोरोना भाइरसको महामारीका कारण उत्पन्न विषम परिस्थितिमा देखाएको धैर्य र साहसका लागि सबै नेपाली स्वास्थ्यकर्मी र आम नेपाली नागरिकको सराहना गरेको छ ।

‘हामी स्वास्थ्य प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार रहेको, जीवनको निरन्तरताका लागि अमूल्य निधि भएको र हरेक राष्ट्रको सामाजिक जीवनस्तर वृद्धिका लागि प्राथमिक तत्व भएको कुरामा विश्वस्त छौँ, नेपालीलाई गुणस्तरयुक्त स्वास्थ्य सेवा प्रदान गर्न हामी हरेकको अद्वितीय भूमिका रहेको र यस क्षेत्रमा योगदान दिनुहुने सम्पूर्ण व्यक्ति, संस्था र साझेदारको योगदानको कदर गर्दै उहाँहरूलाई सहयोगको प्रतिबद्धता जाहेर गर्दछौँ’, घोषणापत्रमा भनिएको छ ।

सम्मेलनले संसारभरि रहेका नेपाली विशेषज्ञ तथा विज्ञ जनशक्तिको सीप, अनुभव एवं सम्पर्क सञ्जालको नेपालको विकास र उन्नयनमा उपयोग गर्नका लागि नीतिगत व्यवस्था गरी एक संयन्त्र स्थापना गर्न नेपाल सरकारलाई आह्वान पनि गरेको छ ।

समापन समारोहमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का केन्द्रीय उपाध्यक्ष डा बद्री केसी, महासचिव डा हेमराज शर्मा, दक्षिण कोरियाका डा देवी बस्नेतलगायतले सम्मेलन कोभिड महामारीका बेला जनचेतना जगाउन उपयोगी भएको बताए । पत्रकार भगीरथ योगी तथा डा दिनेश ज्ञवालीले अङ्ग्रेजी तथा नेपाली भाषामा घोषणापत्र पढेर सुनाए ।

शुक्रबारदेखि विभिन्न सत्र सञ्चालन गरिएको र शनिबार लण्डनस्थित नेपाली दूतावासमा औपचारिकरूपमा सुरुआत गरिएको सम्मेलनमा ३० भन्दा बढी वैज्ञानिक कार्यपत्र प्रस्तुत गरिएका थिए भने ५० भन्दा बढी कार्यशाला सञ्चालन गरिएका थिए ।

एनआरएनए स्वास्थ्य समितिका अध्यक्ष डा सञ्जीव सापकोटाले सम्मेलन नेपालबाहिर आयोजना गरिएको स्वास्थ्यसम्बन्धी सबैभन्दा ठूलो फोरम भएको बताए । उनले महामारीका बेलामा नेपालीको स्वास्थ्य कसरी राम्रो बनाउन सकिन्छ भन्नेमा तीन दिने सम्मेलन केन्द्रित रहेको जानकारी दिए ।

बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी तथा स्वास्थ्यराज्य मन्त्री उमेश श्रेष्ठले नेपालबाट संयुक्तरूपमा सम्मेलनको उद्घाटन गरेका थियो । कार्यक्रममा सम्बोधन गर्दै राज्यमन्त्री श्रेष्ठले कोरोना महामारीको शुरुदेखि नै नेपाल र नेपालीलाई सघाएकोमा गैरआवासीय नेपाली सङ्घ तथा संसारभरि रहेका नेपाली चिकित्साकर्मीलाई धन्यवाद दिए । उनले नेपाल सरकारले जोखिममा रहेका सबै जनतालाई खोप पु¥याउने कामलाई सर्वोच्च प्राथमिकता दिएको जनाए ।

कार्यक्रममा नेपालका लागि बेलायती राजदूत निकोल पोलिट, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइराला, नेपाल नर्सिङ सङ्घका अध्यक्ष प्रा मनकुमारी राई, वायल कलेज अफ सर्जन्स एडिनबराका प्राध्यापक माइकल ग्रीफिन, वायल कलेज अफ नर्सिङ्गका उपाध्यक्ष ट्रेसी बन्डिग, शेफिल्ड विश्वविद्यालायका प्राध्यापक एन्ड्र्यु लि, सम्मेलनको सहआयोजक एनआरएनए एनसीसी यूकेका अध्यक्ष प्रेमगाहा मगरलगायत वक्ताले शुभकामना दिए । सम्मेलनले एनआरएनए चौथो विश्व स्वास्थ्य सम्मेलन अष्ट्रेलियामा गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ८ : १५ बजे

सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

गण्डकी– तनहुँको शुक्लागण्डकी नगरपालिका–२ स्थित एक्ले खेतमा रहेको ॐ कृषि

केन्द्रीय बसपार्कभित्र छिर्न मान्दैनन् कतिपय ‘सार्वजनिक बस’

काठमाडौं– सरकारले देशभरबाट यात्रु बोकेर काठमाडौँ आएका सार्वजनिक सवारीसाधनलाई पार्किङ गर्न

होर्मुज जलक्षेत्रबाट एकजना नेपाली इरानी सेनाको नियन्त्रणमा

काठमाडौं- पश्चिम एसियाको युद्धका कारण केन्द्रबिन्दु बनेको होर्मुज जल क्षेत्रमा

बालेन सरकारले काठमाडौंमा घर घडेरी किन्ने कर्मचारीको स्रोत खोज्ला ?

काठमाडौं– अबको केही दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता

निर्वाचन सफल बनाउन योगदान दिने सुरक्षा निकायप्रति प्रधानमन्त्रीद्वारा आभार व्यक्त

धनुषा– प्रधानमन्त्री सुशीला कार्कीले मधेस प्रदेश तथा धनुषा जिल्लामा शान्तिपूर्ण