बौद्ध सम्पदा ध्वस्त पारे पाकिस्तानसँगको सम्बन्ध बिग्रन्छ : श्रीलंका « Khabarhub

बौद्ध सम्पदा ध्वस्त पारे पाकिस्तानसँगको सम्बन्ध बिग्रन्छ : श्रीलंका


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद -श्रीलंकाले पाकिस्तानको बौद्ध सम्पदा विनाश गर्ने अभियानले दुई राष्ट्रबीचको द्विपक्षीय सम्बन्ध बिग्रन सक्ने चेतावनी दिएको छ।

पाकिस्तानका ऐतिहासिक कालदेखिका बौद्ध स्थलहरु गुम्बा, स्तूप, बुद्धका मूर्ति, विशेष गरी स्वात उपत्यकामा रहेका संरचनाहरु भत्काइको खबर सार्वजनिक भएपछि श्रीलंका आक्रोशित बनेको हो।

चिनियाँ अनुदानमा बन्‍न लागेको दीमेर-भासा बाँध परियोजनाको जलविद्युत संयन्त्र निर्माण गर्नुपर्ने भन्दै उक्त क्षेत्रका संरचनाहरु भत्काउन लागिएको र पाकिस्तान प्रशासित काश्मीर (पीओके) को गिलगट-बाल्टिस्तान क्षेत्रमा रहेका ३० हजार बौद्ध मूलका शिलालेख र हस्तकलाहरु पनि विनाश गरिएको समाचारमा जनाइएको छ।

२०२० मा, पाकिस्तानको उत्तर-पश्चिमी प्रान्त खैबर पख्तुनख्वामा केही पाकिस्तानी जनताले १७ सय वर्ष पुरानो मूर्ति भत्काएका थिए। मूर्तिको अपमान भएको भन्दै व्यापक आलोचना भएको थियो। त्यो भिडियो सामाजिक सञ्‍जालमा भाइरल पनि भएको थियो।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  १० : २५ बजे

पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

वीरगन्ज– जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

खेतमा पानी लगाउन गएका भण्डारीको करेन्ट लागेर मृत्यु

गुल्मी– स्थानीय धुर्कोट गाउँपालिका–५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु

बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

काठमाडौँ– भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा जोखिममा रहेका

इन्टरनेट मतदानका लागि प्रविधि र संस्थागत क्षमता सुदृढीकरणमा जोड

काठमाडौं– इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्न प्रविधिगत तयारी, संस्थागत क्षमता

गगनसँगको छलफलपछि मिनेन्द्रले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापासँगको छलफलपछि डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी