अनुष्का र विराटबीच बढ्यो दुरी « Khabarhub

अनुष्का र विराटबीच बढ्यो दुरी


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– बलिउड अभिनेत्री अनुष्का शर्मा र उनका पति विराट कोहलीको सम्बन्धमा दुरी आएको छ । यो कुराको जानकारी अनुष्काले इन्स्टाग्राम पोष्टमार्फत दिएकी छन् । अनुष्का हाल दुबईको एक होटलमा ‘क्वारेन्टाइन’मा छिन् । जसकारण आफूहरुबीचको सम्बन्धमा ‘दुरी’ आएको उल्लेख गरेकी छन् ।

युएईमा भइरहेको ‘आइसीसी मेन्स टी२० विश्वकप’मा भारतको प्रतिनिधित्व गरिरहेको विराटको टिमलाई हौसला बढाउनका लागि अनुष्का दुबई पुगेकी हुन् । त्यहाँ जाने जोकोही क्वारेन्टाइनमा बस्नुपर्ने नियम रहेकाले विराटको केही तस्वीरसँगै आफ्नो अवस्था उल्लेख गरेकी छन् ।

अनुष्काले आफ्नो इन्स्टाग्राम एकाउण्टमा एक फोटो शेयर गरेकी छन् । जसमा विराट कोहली होटलको बार्दलीमा उभिएर अनुष्कालाई ‘हाइ’ गरिरहेका छन् ।

‘म यी दुई क्याप्सनमा एक छनोट गर्न सकिनँ– क्वारेन्टाइन तपाईंको हृदयलाई अझ प्रेमपूर्ण बनाउछ र फोकावाला जिन्दगीको बीच प्रेम । तपाईंहरुले सम्झिनु नै भयो होला’, उनले लेखेकी छन् ।

अनुष्काको यो पोस्टमा रणवीर सिंह, सानिया मिर्जासहित कैयौं बलिउड सेलिब्रेटीले आफ्नो प्रतिक्रिया दिएका छन् । अनुष्काले छोरी वामिकासँगको कैयौं तस्वीर पनि शेयर गरेकी छन् ।

अनुष्का र विराटले सन् २०१७ डिसेम्बर ११ मा इटलीमा विवाह गरेका थिए ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ११ : ३० बजे

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान

मोरङमा एसईईका सहायक केन्द्राध्यक्ष पक्राउ

काठमाडौँ- मोरङको ग्रामथान गाउँपालिकास्थित एक परीक्षा केन्द्रका सहायक केन्द्राध्यक्षलाई प्रहरीले