अहिलेको सरकारका मन्त्री देख्दा अर्कोतिर फर्कुनपर्ने अवस्था छ: ओली « Khabarhub

अहिलेको सरकारका मन्त्री देख्दा अर्कोतिर फर्कुनपर्ने अवस्था छ: ओली


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको आलोचना र टिप्पणी गर्न लायक नै नरहेको बताएका छन् ।

बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै ओलीले अहिले यो सरकार कसले चलाएको भन्ने नै कसैलाई नरहेको बताए ।

उनले भने, ‘अहिलेको जस्तो बेहाल अवस्था नेपालमा कहिले नै थिए । तीन महिनापछि विस्तार भएको मन्त्रीमण्डलमा पनि जनताले मन्त्रीलाई देख्दा अर्कोतर्फ फर्कनुपर्ने अवस्था छ।’

गठबन्धनलाई सत्ता जोगाउने ध्यान बाहेक देशको लागि सोच्ने समय नै नरहेको आरोप लगाए । उनले भने, ‘अहिले सत्ता गठबबन्धनका नेता साँठगाँठ जोगाउन मात्र केन्द्रित छन् । गठबन्धनले कांग्रेसलाई भोट कुन चुनाव चिन्हमा हाल्ने भन्ने नै टुंगो भएको छैन । चितवनमा छोरीलाई जिताइयो, बाउलाई जिताइयो के पाइयो भन्ने गम्भीर प्रश्न कांग्रेस जनमा उठेको छ । यसले पनि धेरै प्रश्न उठान गर्छ ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै ओलीले अहिलेको सरकार नायबीमा चलिरहेको बताए । उनले रियल मान्छे पर्दा पछाडि रहेको पनि बताए ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  २ : ४१ बजे

पेन्टागनले एसएम–६ क्षेप्यास्त्र उत्पादन बढाउन रेथियोनसँग २४ अर्ब डलरको सम्झौता गर्ने

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानविरुद्धको युद्धमा खर्च भएको हतियारको

साताको अन्तिम दिन पनि घटेर बन्द भयो नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज साताको अन्तिम कारोबार दिन

दोलखा कांग्रेसका दुवै पक्षलाई अधिवेशनको चटारो

दोलखा- दोलखामा नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र छ ।

ग्लोबल आइएमई बैंकको २०औँ साधारणसभा सम्पन्न, शेयरधनीको १० प्रतिशत लाभांश पारित

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभा शुक्रबार काठमाडौंको

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू