अहिलेको सरकारका मन्त्री देख्दा अर्कोतिर फर्कुनपर्ने अवस्था छ: ओली « Khabarhub

अहिलेको सरकारका मन्त्री देख्दा अर्कोतिर फर्कुनपर्ने अवस्था छ: ओली


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको आलोचना र टिप्पणी गर्न लायक नै नरहेको बताएका छन् ।

बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै ओलीले अहिले यो सरकार कसले चलाएको भन्ने नै कसैलाई नरहेको बताए ।

उनले भने, ‘अहिलेको जस्तो बेहाल अवस्था नेपालमा कहिले नै थिए । तीन महिनापछि विस्तार भएको मन्त्रीमण्डलमा पनि जनताले मन्त्रीलाई देख्दा अर्कोतर्फ फर्कनुपर्ने अवस्था छ।’

गठबन्धनलाई सत्ता जोगाउने ध्यान बाहेक देशको लागि सोच्ने समय नै नरहेको आरोप लगाए । उनले भने, ‘अहिले सत्ता गठबबन्धनका नेता साँठगाँठ जोगाउन मात्र केन्द्रित छन् । गठबन्धनले कांग्रेसलाई भोट कुन चुनाव चिन्हमा हाल्ने भन्ने नै टुंगो भएको छैन । चितवनमा छोरीलाई जिताइयो, बाउलाई जिताइयो के पाइयो भन्ने गम्भीर प्रश्न कांग्रेस जनमा उठेको छ । यसले पनि धेरै प्रश्न उठान गर्छ ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै ओलीले अहिलेको सरकार नायबीमा चलिरहेको बताए । उनले रियल मान्छे पर्दा पछाडि रहेको पनि बताए ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  २ : ४१ बजे

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर– माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’

ग्रिनल्यान्डबारे ट्रम्पको धम्की– ‘अब फर्किने बाटो छैन’

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिने

सतचालिस प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं– रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक