अदालतले दिएन शाहरुखपुत्र आर्यनलाई जमानत « Khabarhub

अदालतले दिएन शाहरुखपुत्र आर्यनलाई जमानत


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– क्रुज ड्रग्स पार्टीमा पक्राउ परेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानको जमानत निवेदनलाई अदालतले पुनः अस्वीकार गरेको छ । सेसन्स कोर्टले पछिल्लो पटक उनको निवेदनलाई अस्वीकार गर्दै दुवै पक्षको बहस सुन्दै फैसला सुरक्षित राखेको थियो ।

आर्यनसहित अन्य दुईले अदालत समक्ष दिएको निवेदनलाई अदालतले बुधबार सुनुवाई गर्ने बताएको थियो । तर अदालतले बुधबार पनि आर्यनसहित दुई व्यक्ति अरबाज मर्चेन्ट र मुनमुन धामेचाको जमानत निवेदन खारेज गरिदिएको छ ।

अदालतको यो निर्णयसँगै अब आर्यनको रिहाईका लागि शाहरुखका वकिल अमित देसाईले बम्बई हाई कोर्टमा पुनरावलोकनका लागि आग्रह गर्नेछन् । त्यो समयसम्म आर्यन मुम्बईको आर्थर रोडमै बस्नेछन् ।

अदालतले आर्यनको विषयमा निर्णय लिइरहँदा अदालत बाहिर उनका फ्यानहरुले उनको रिहाईको माग गरिरहेका थिए । आर्यन कैयौं दिनदेखि मुम्बईको आर्थर रोड जेलमा नै छन् ।

आर्यन पक्राउ परेका अन्य सातजनासँगै जेलमा छन् । उनलाई केही दिन अघि स्पेशल ब्यारेकमा सारिएको थियो । जहाँ उनलाई कडा सुरक्षा व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ३ : ३९ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

आज २०८२ साल माघ १ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति