अदालतले दिएन शाहरुखपुत्र आर्यनलाई जमानत « Khabarhub

अदालतले दिएन शाहरुखपुत्र आर्यनलाई जमानत


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– क्रुज ड्रग्स पार्टीमा पक्राउ परेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानको जमानत निवेदनलाई अदालतले पुनः अस्वीकार गरेको छ । सेसन्स कोर्टले पछिल्लो पटक उनको निवेदनलाई अस्वीकार गर्दै दुवै पक्षको बहस सुन्दै फैसला सुरक्षित राखेको थियो ।

आर्यनसहित अन्य दुईले अदालत समक्ष दिएको निवेदनलाई अदालतले बुधबार सुनुवाई गर्ने बताएको थियो । तर अदालतले बुधबार पनि आर्यनसहित दुई व्यक्ति अरबाज मर्चेन्ट र मुनमुन धामेचाको जमानत निवेदन खारेज गरिदिएको छ ।

अदालतको यो निर्णयसँगै अब आर्यनको रिहाईका लागि शाहरुखका वकिल अमित देसाईले बम्बई हाई कोर्टमा पुनरावलोकनका लागि आग्रह गर्नेछन् । त्यो समयसम्म आर्यन मुम्बईको आर्थर रोडमै बस्नेछन् ।

अदालतले आर्यनको विषयमा निर्णय लिइरहँदा अदालत बाहिर उनका फ्यानहरुले उनको रिहाईको माग गरिरहेका थिए । आर्यन कैयौं दिनदेखि मुम्बईको आर्थर रोड जेलमा नै छन् ।

आर्यन पक्राउ परेका अन्य सातजनासँगै जेलमा छन् । उनलाई केही दिन अघि स्पेशल ब्यारेकमा सारिएको थियो । जहाँ उनलाई कडा सुरक्षा व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ३ : ३९ बजे

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान

मोरङमा एसईईका सहायक केन्द्राध्यक्ष पक्राउ

काठमाडौँ- मोरङको ग्रामथान गाउँपालिकास्थित एक परीक्षा केन्द्रका सहायक केन्द्राध्यक्षलाई प्रहरीले