तस्वीरमा हेर्नुहोस् निर्माण पूरा नहुँदै भाइरल बनेको पोखराको सडक | Khabarhub Khabarhub

तस्वीरमा हेर्नुहोस् निर्माण पूरा नहुँदै भाइरल बनेको पोखराको सडक



पोखरा– चर्चामा रहिरहने पर्यटकीय शहर पोखरा आजभोलि सडकका कारण चर्चामा छ । पोखराको याम्दीदेखि घट्टेखोलासम्मको सडक यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

यो सडक पूर्ण रुपमा अझै तयार भइसकेको छैन । तर, सामाजिक सञ्जालमा यो सडकको चर्चा भइरहेको छ ।

मध्यपहाडी (पुष्पलाल) राजमार्गको पोखरा सडक खण्ड अन्तर्गत निर्माण भइरहेको यो सडकको चर्चा भएसँगै यसलाई कतिपयले राजनीतिक मुद्दा बनाउन थालेका छन् भने कतिपयले नेपालका सबै क्षेत्रमा यस्तै बाटो बनाउनुपर्ने बताएका छन् ।

यो सडकलाई केहीले बाबुराम भट्टराईले अगाडि सारेको योजना भएको दाबी गरेका छन् भने एमालेका कार्यकर्ताले केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला सडक बनाइएको भन्दै प्रचार गरिरहेका छन् ।

यता, नेपाली कांग्रेस कार्यकर्ताहरुले भने प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले यो सडक निर्माण गरेको दाबी गरेका छन् । यद्यपि यो सडक राष्ट्रिय यातायात नीति २०५८ मा २० वर्ष अगाडि नै मध्यपहाडी लोकमार्गलाई राष्ट्रिय गौरवको योजनाको रुपमा परिकल्पना गरिएको थियो ।

मध्यपहाडी लोकमार्गको आयोजना आयोजना कुनै दल या नेता विशेषले नभएर विभागको योजना अनुसार अघि बढाइएको विभागले जनाएको छ ।

मध्यपहाडी राजमार्ग आयोजनाका कास्की, पर्वत र बाग्लुङ खण्डका प्रमुख नारायणदत्त भण्डारीले यो सडक पूर्ण भइसकेपछि अझै भाइरल हुने बताउँछन् । उनका अनुसार सडकमा चाइनिज दुबो र फूलहरु रोप्न बाँकी छ ।

यस्तै रातिमा टल्किने लाइटहरु हाल्न पनि अझै बाँकी रहेको भण्डारी बताउँछन् । सडकमा आकाशे पुल निर्माण र अन्य बाँकी काम रहेको उनी बताउँछन् ।

हेरौँ तस्वीरहरु













 

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  १ : ३० बजे

सुदूरपश्चिम सरकार निर्माणमा विपक्षीको भाँजो, मुख्यमन्त्रीमा कसले मार्ला बाजी ?

काठमाडौं–सुदूरपश्चिम प्रदेश सरकारमा एकै पार्टीका दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेस

पर्वतमा चट्याङ लागेर दुई जनाको मृत्यु

पर्वत– पर्वतको मोदी गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानमा शनिबार साँझ परेको

‘डिग्री माइला’लाई दर्शकको उत्साहजनक साथ

काठमाडौं – दयाहाङ राई को मुख्य भूमिका रहेको ‘डिग्री माइला’ले

इजरायलमा रहेका नेपाली श्रमिकको सुरक्षामा श्रममन्त्रीको चासो

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले

घरजग्गा कारोबारमा सुधार हुन सकेन, देशभरको व्यवसाय स्थिर

काठमाडौं– चालु आर्थिक वर्ष (आव)का पछिल्ला महिनाहरूमा केही सुधार देखिएको