तस्वीरमा हेर्नुहोस् निर्माण पूरा नहुँदै भाइरल बनेको पोखराको सडक « Khabarhub

तस्वीरमा हेर्नुहोस् निर्माण पूरा नहुँदै भाइरल बनेको पोखराको सडक



पोखरा– चर्चामा रहिरहने पर्यटकीय शहर पोखरा आजभोलि सडकका कारण चर्चामा छ । पोखराको याम्दीदेखि घट्टेखोलासम्मको सडक यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

यो सडक पूर्ण रुपमा अझै तयार भइसकेको छैन । तर, सामाजिक सञ्जालमा यो सडकको चर्चा भइरहेको छ ।

मध्यपहाडी (पुष्पलाल) राजमार्गको पोखरा सडक खण्ड अन्तर्गत निर्माण भइरहेको यो सडकको चर्चा भएसँगै यसलाई कतिपयले राजनीतिक मुद्दा बनाउन थालेका छन् भने कतिपयले नेपालका सबै क्षेत्रमा यस्तै बाटो बनाउनुपर्ने बताएका छन् ।

यो सडकलाई केहीले बाबुराम भट्टराईले अगाडि सारेको योजना भएको दाबी गरेका छन् भने एमालेका कार्यकर्ताले केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला सडक बनाइएको भन्दै प्रचार गरिरहेका छन् ।

यता, नेपाली कांग्रेस कार्यकर्ताहरुले भने प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले यो सडक निर्माण गरेको दाबी गरेका छन् । यद्यपि यो सडक राष्ट्रिय यातायात नीति २०५८ मा २० वर्ष अगाडि नै मध्यपहाडी लोकमार्गलाई राष्ट्रिय गौरवको योजनाको रुपमा परिकल्पना गरिएको थियो ।

मध्यपहाडी लोकमार्गको आयोजना आयोजना कुनै दल या नेता विशेषले नभएर विभागको योजना अनुसार अघि बढाइएको विभागले जनाएको छ ।

मध्यपहाडी राजमार्ग आयोजनाका कास्की, पर्वत र बाग्लुङ खण्डका प्रमुख नारायणदत्त भण्डारीले यो सडक पूर्ण भइसकेपछि अझै भाइरल हुने बताउँछन् । उनका अनुसार सडकमा चाइनिज दुबो र फूलहरु रोप्न बाँकी छ ।

यस्तै रातिमा टल्किने लाइटहरु हाल्न पनि अझै बाँकी रहेको भण्डारी बताउँछन् । सडकमा आकाशे पुल निर्माण र अन्य बाँकी काम रहेको उनी बताउँछन् ।

हेरौँ तस्वीरहरु













 

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  १ : ३० बजे

विपद्का घटनामा परी वैशाखयता १ सय ३६ जनाको मृत्यु, ६ सय बढी घाइते 

काठमाडौं– वैशाख १ गतेदेखि असार २२ गतेसम्म देशभर भएका विभिन्न

निर्माण सामग्रीको मूल्य ५.३३ प्रतिशतले बढ्यो

काठमाडौं– राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ‘निर्माण क्षेत्रको आगत मूल्य

ट्रम्पद्वारा इटालीकी प्रधानमन्त्री मेलोनीमाथि टिप्पणी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीलाई

स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्यमन्त्री मेहता

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी मौलिक

उठ्नै सकेन नेप्से, सबै समूह भए राताम्य 

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकार बनेदेखि औसत रूपमा तल झरेको